सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

एसियन कप : कोरियालाई हराउँदै जोर्डन फाइनलमा

बुधबार, २४ माघ २०८०, ०८ : ०६
बुधबार, २४ माघ २०८०

काठमाडौँ । कतारमा जारी एएफसी एसियन कपमा जोर्डन फाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा दक्षिण कोरियालाई २–० ले पराजित गर्दै जोर्डन उपाधि नजिक पुगेको हो । जोर्डन प्रतियोगिताको फाइनलमा पुगेको यो नै पहिलो पटक हो । 

आफ्नो पहिलो सेमिफाइनल खेलेको जोर्डन योर्गन क्लिन्समेनको दक्षिण कोरियाली टिमविरुद्ध जितका लागि पूर्णतः हकदार रह्यो । खेलको ५३ औँ मिनेटमा जोर्डनका याजन अल–नामटले पहिलो गोल गरेका थिए । प्रतियोगितामा उनको यो तेस्रो व्यक्तिगत गोल हो । 

मउसा अल–तमारीले ६६ औँ मिनेटमा जोर्डनका लागि दोस्रो गोल गरे । अल–नामट र अल–तमारीको आक्रामक खेलका अगाडि दक्षिण कोरियाली टिम कमजोर र फिक्का देखिएको थियो । 

बुधबार प्रतियोगिताको दोस्रो सेमिफाइनल हुनेछ र त्यसमा इराकले आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतारको सामना गर्दै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप