भारतको पटाका कारखाना विस्फोटमा नौ जनाको मृत्यु, १६७ जना घाइते

भारतमा मङ्गलबार एक पटाका कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विस्फोटमा परी अन्य १६७ जना घाइते भएका छन् ।
भारतीय टेलिभिजनको फुटेजमा पटाका कारखानामा विस्फोटपछि आगोको ज्वाला उठेको देखिएको छ र घाइतेलाई निकाल्नका लागि दर्जनौँ एम्बुलेन्स पठाइएको छ भने सेनाको हेलिकप्टरलाई समेत बोलाइएको छ ।
वरिष्ठ जिल्ला प्रहरी अधिकारी राजेश्वरी महोबियाले मध्य प्रदेश राज्यको हरदामा कारखानामा भएको विस्फोटमा अहिलेसम्म नौ जनाको मृत्यु र करिब १६७ जना घाइते भएको जानकारी दिए । उनले मृतकको सङ्ख्या बढ्नसक्ने बताए । कारखाना स्थलका तस्बिरहरूले कालो धुवाँसहितको भग्नावशेष देखाएका छन् ।
मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले विस्फोटको खबर ‘अत्यन्त दुःखद’ भएको र नजिकैका अस्पतालहरूका बर्न युनिटका चिकित्सकहरूलाई ‘आवश्यक तयारी’ गर्न बोलाइएको बताए । उनले सामाजिक सञ्जाल एक्समा भने, “नजिकैका क्षेत्रहरूबाट हरदामा एम्बुलेन्स लगिएको छ र हेलिकप्टरको व्यवस्था गर्नका लागि सेनासँग सम्मपर्क गरिएको छ ।” उनका अनुसार घटनास्थलमा कम्तीमा २० एम्बुलेन्स रहेको र घाइतेलाई सहयोग गर्नका लागि थप ५० एम्बुलेन्स पठाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “मानिसहरूको मृत्युले म दुःखी छु ।” उनले मृतकका परिवारलाई क्षतिपूर्तिका रूपमा दुई हजार चार सय अमेरिकी डलर र घाइतेहरूलाई छ सय डलर दिइने बताए ।
भारतमा पटाका कारखानामा प्राय विस्फोट भइरहन्छन् । विशेषरूपमा हिन्दूहरूको पर्व दीपावलीको समय र विवाह समारोहमा प्रयोग गर्न भारतमा पटाका अत्यन्त लोकप्रिय छ । यद्यपि धेरै कारखाना आधारभूत सुरक्षा आवश्यकताहरू पालना गर्न र अनुमतिसहित सञ्चालन गर्न असफल छन् ।
सन् २०१९ मा पञ्जाब राज्यको बटालामा एक पटाका कारखानामा भएको विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । सोही वर्ष उत्तर प्रदेशको भदोहीमा अन्य १० जना मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केसरी- २ को पहिलो दिनको कमाइले अक्षयलाई राहत
-
शीर्ष स्थानमा रहेको दिल्लीलाई गुजरातको चुनौती
-
बद्रीनाथनजिकै आफ्नो नाममा मन्दिर रहेको उर्वशीको दाबीपछि हंगामा
-
विवादपछि ‘जाट’ बाट विवादास्पद दृश्य हटाइयो, निर्माताहरूले मागे माफी
-
प्रधानमन्त्री र सभामुखसँगको छलफलपछि महासंघको बैठक बस्दै
-
प्रविधिमैत्री बन्दै कामपाका विद्यालय