अन्तर्राष्ट्रिय मान्यतामा कुनै फेरबदल भएको छैन : नेपाल रेडक्रस सोसाइटी

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको सदस्यता र अन्तर्राष्ट्रिय मान्यताका सम्बन्धमा थप कुनै निर्णय र फेरबदल नभएको स्पष्ट पारेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेपाल रेडक्रस सोसाइटीले अन्तर्राष्ट्रिय महासङ्घको सदस्यता ६० वर्षअघि नै प्राप्त गरेको र आजसम्म त्यसमा कुनै परिवर्तन नभएको जनाएको हो ।
नेपाल रेडक्रस रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको सदस्य नेपाल रेडक्रस सोसाइटी रहेको र नेपालको कानुनअनुसार दर्ता भई मानवीय सेवामा देशभर संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ ।
सोसाइटीले लेखापरीक्षण, वार्षिक साधारणसभा, समाजकल्याण परिषद्को आबद्धता नवीकरण, वैदेशिक सहायताको स्वीकृति, स्थानीय तहको सिफारिस र संस्था नवीकरणको लागि पूरा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी संस्था दर्ता नवीकरण भइसकेको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।
लामो समयको रस्साकस्सीपछि गत साउन २ गते प्राध्यापक सुदर्शनप्रसाद नेपालको नेतृत्वमा नेपाल रेडक्रसको केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ