बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित २० जना छोरीहरूलाई ज्योति फाउन्डेसनले पढाउने

मङ्गलबार, २३ माघ २०८०, २० : ५२
मङ्गलबार, २३ माघ २०८०

सुर्खेत । वीरेन्द्रनगरमा रहेको ज्योति फाउन्डेसन नामक संस्थाले जाजरकोट भूकम्पबाट प्रभावित छोरीहरूलाई पढाइमा सहयोग गर्ने घोषणा गरेको छ ।

आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले भूकम्पमा परी आमाबुबा गुमाएका विपन्न र आर्थिक अवस्था कमजोर भएका छोरीहरूलाई छात्रवृत्तिमार्फत पढाइने बताइन् ।

 उनका अनुसार १–१० कक्षासम्म सामुदायिक विद्यालयमा लाग्ने सम्पूर्ण खर्च फाउन्डेसनले नै व्यहोर्ने छ । ‘हामीले तत्काल २० जना छोरीहरूको शिक्षामा लाग्ने खर्चको व्यवस्थापन गरिसकेका छौँ,’ उनले भनिन्, ‘मङ्सिर १५ गते फाउन्डेसनले वीरेन्द्रनगरमा साङ्गीतिक साँझ आयोजना गरेको थियो । त्यहाँबाट सङ्कलन भएको रकम बैँकमा जम्मा गरिने छ । त्यहीबाट आएको ब्याजबाट छोरीहरूको शिक्षाका सहयोग गरिने छ ।’

 साङ्गीतिक साँझबाट २२ लाख ७५ हजार ४९४ रकम सङ्कलन भएको छ । त्यसमध्ये ९ लाख ६१ हजार बराबरको रकम कार्यक्रमको व्यवस्थापनमा सकिएको छ भने बाँकी १३ लाख १४ हजार ४६३ रुपैयाँ बचत रहेको छ ।

कटुवालले स्थानीय तहको सिफारिसको आधारमा मात्रै प्रभावित छात्राहरूलाई पढाइने बताइन् । यस्तै स्वास्थ्य उपचार तथा स्वास्थ्य परामर्शका लागि पनि सुर्खेतका निजी अस्पतालहरूसँग सम्झौता गरिने छ । कटुवालले छात्रवृत्ति वितरणको छुट्टै कार्यविधि पनि निर्माण गरिएको जानकारी गराइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप