नेपाली कांग्रेस लुम्बिनीले बुझायो मुख्यमन्त्री चौधरीलाई १४ बुँदे ज्ञापनपत्र
दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले 'समुदायमा कांग्रेस' अभियानबाट प्राप्त सुझावहरू समेटेर लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । अभियानमा खटिएको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई मंगलबार उनको प्रदेश कार्यालय राप्ती उपत्यका भालुवाङस्थित उनकै कार्यालयमा बुझाएको हो ।
ज्ञापन पत्रमा बाटोघाटो, सिचाई,खानेपानी,रोजगारी,गुणस्तरीय शिक्षा तथा सुशासनको व्यवस्था,रुकुम पूर्वमा द्वन्द्वकालमा लुटिएका सम्पत्ति अझै फिर्ता नभएको,बैंकबाट लुटिएको सुन बापत क्षतिपूर्ति प्राप्त नभएको भन्दै पूर्वी रुकुममा भरपर्दो इन्टरनेटको व्यवस्था गर्न माग गरिएको छ। त्यस्तै रोजगारीको अभावमा ठुलो सङ्ख्यामा युवाहरू बिदेसिई रहेकाले उद्यमशीलता विकास गर्न रोजगारमूलक तालिम तथा निर्ब्याजी ऋण प्रदान गर्नुका साथै उत्पादित सामग्रीको बजार व्यवस्थापन गर्न माग गरिएको छ ।
त्यस्तै, अर्घाखाँचीका किसानको चिस्यान केन्द्रमा राखिएको झन्डै १ करोड रुपैयाँ बराबरको सुन्तला कुहिएकाले मर्कामा परेका किसानहरूलाई क्षतिपूर्ति दिन, प्युठान, अर्घाखाँची लगायतका जिल्लामा सुरु गरिएको 'एक घर एक धारा' अभियान अन्तर्गत सरकारी तथा स्थानीय समुदायले पुरा गरेको कामको अझै भुक्तानी हुन नसकेकाले तत्काल भुक्तानी गर्न,किसानका लागि समयमै मलखाद, बिउबिजनको व्यवस्था गर्न तथा सिँचाइको समस्या रहेको जिल्लाहरूमा सिचाइको व्यवस्था गर्न माग गरिएको छ।
लुम्बिनी प्रदेश अन्तर्गत पहाडी जिल्लाहरूमा सञ्चालित अधिकांश क्याम्पस भवनहरू जीर्ण अवस्थामा रहेकाले तिनको मर्मत सम्भार र पुनर्निर्माणका साथै प्राध्यापकहरूको तलबको सुनिश्चितता गर्न साथै पाल्पाको भगवती मन्दिर,रानीमहल लगायतका पर्यटकीय महत्वका केन्द्रहरूको संरक्षण गरि प्रचार प्रसार गर्न पनि नेपाली कांग्रेसले मुख्यमन्त्री चौधरीसँग माग गरेको छ ।
ज्ञापनपत्रमा महिला हिंसा,बालविवाह तथा दाइजो प्रथा नियन्त्रण गर्न,जंगली जनावरहरू नीलगाई तथा बँदेल नियन्त्रण गर्न, जीर्ण सडकहरूको मर्मत सम्भार गर्न तथा लुम्बिनी प्रदेशमा सञ्चालित मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिन माग गरिएको छ। मुसिकोट नगरपालिकामा निर्माणाधीन खोलाले बगाएकाले त्यस पुलको पुनर्निर्माण गर्न, प्रदेश निजामती नियमावली र स्थानीय सरकार अन्तर्गत स्थानीय सेवा ऐन तत्काल ल्याउन पनि माग गरिएको छ । त्यस्तै साना तथा मझौला उद्यमीहरूलाई प्रोत्साहन गर्नुका साथै बिना झन्झट व्यापार व्यवसाय गर्ने वातावरण निर्माण गर्न पनि माग गरिएको छ।
लुम्बिनी प्रदेशको पाल्पा,गुल्मी,अर्घाखाँची,रुकुम पूर्व,कपिलवस्तु,नवलपरासी,प्युठान र दाङ जिल्लाको जिम्मेवारी पाएकी कांग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौलाको नेतृत्वमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ,महामन्त्री विक्रम खनाल, सहमहामन्त्री विष्णु खनाल र सहमहामन्त्री निमा गिरी रहेका थिए। ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री चौधरीले पार्टीले सञ्चालन गरेको अभियानबाट नागरिकको भावना र आवश्यकता समेटिएको र प्रदेश सरकारले ज्ञापनपत्रमा समेटिएका बुँदाहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए । साथै प्रदेश तहबाट गरिने कामलाई प्राथमिकतामा राख्ने र सङ्घीय सरकारबाट गर्नुपर्ने सवालमा सिफारिस गर्ने पनि चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच आज द्विपक्षीय भेटवार्ता
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
मौद्रिक नीतिको समीक्षा हुँदै, के-के होला परिवर्तन ?
-
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’
-
कपालमा अन्डा लगाउँदा के हुन्छ ?
-
पोखराको बाँझो जग्गामा कागतीखेती