क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
मङ्गलबार, २३ माघ २०८०, १८ : १०

काठमाडौँ । क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार बस्ने ३१ वर्षीय सन्जन प्रजापतीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रजापतिले ७ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमाल बेलायत जाँदै
-
कोरलामा बढ्यो व्यापारिक चहलपहल
-
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली
-
लालबन्दीबाट २४४ किलो गाँजा बरामद, धानको भुसा हाल्ने बोरामा लुकाएर लैजाँदै थिए
-
तस्बिरमा यस्तो देखियो शिक्षकहरूको १६औँ दिनको आन्दोलन
-
वैदेशिक रोजगार विभागमा महानिर्देशकदेखि निर्देशकसम्म हेरफेर