राष्ट्रपतिद्वारा पाण्डेयको राजीनामा स्वीकृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका कार्यवाहक महासचिव पद्म प्रसाद पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।
उनले मंगलबार राजीनामा दिएकोमा सोही मितिदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेका हुन् ।
पाण्डेयले संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट माघ २३ गते दिएको राजीनामा सोही मितिदेखि लागु हुनेगरी राष्ट्रपतिबाट स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिले पाण्डेलाई महासचिव नियुक्त गर्न सभामुख र राष्ट्रियसभा अध्यक्षले गरेको सिफारिस भने स्वीकृत गरिसकेका छैनन् । पाण्डेको नागरिकताको विषयमा प्रश्न उठेपछि उनको नियुक्ति विवादित बन्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक