नेपाल र भारतका खेलकुद मन्त्रीबिच भेटवार्ता
मङ्गलबार, २३ माघ २०८०, १५ : ५८

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र भारतका सूचना, प्रसारण, युवा मामिला तथा खेलकुद मन्त्री अनुराग ठाकुरबिच भेटवार्ता भएको छ ।
दिल्लीमा बुधबारदेखि हुन गइरहेको खेलकुदसम्बन्धी बिमस्टेक एक्वाटिक्स च्याम्पियनसिप २०२४ को कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका लिम्बुले भारतीय मन्त्री ठाकुरसँग भेटघाट गरेका हुन् ।
सो क्रममा दुवै देशको युवा शक्तिलाई सदुपयोग गर्दै खेलकुदको क्षेत्रमा साझा अवसर खोज्ने विषयमा छलफल भएको भारतीय मन्त्री ठाकुरले बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा पहिलो पटक बिमस्टेक अन्तर्गत हुन गइरहेको अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताप्रति आफूलाई गर्व लागेको मन्त्री ठाकुरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने
-
खेलकुदमा अदालतको आदेश विपरीत नियुक्ति प्रकरण, पर्शुराम बस्नेतले पठाए अदालतमा लिखित जवाफ
-
प्रतिनिधिसभाको सम्भावित कार्यसूची तय, यी अध्यादेश निर्णयार्थ पेस हुँदै
-
एमाले मोरङको जिल्ला अधिवेशन प्रभावित, चुनाव भोलि मात्रै
-
राजसंस्था फर्काउने भन्दै पोखरामा राप्रपाको मोटरसाइकल र्याली, तस्बिरहरु
-
क्यानडा र मेक्सिकोमा कर लगाएपछि अमेरिकी सेयर बजार ओरालो लाग्यो