अन्तरिक्षमा सबैभन्दा धेरै समय बिताउने विश्व कीर्तिमान

मस्को । रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्कोले नयाँ विश्व रेकर्ड बनाएका छन् । जम्माजम्मी ८७९ दिन अर्थात् झन्डै अढाई वर्षसम्म अन्तरिक्षमा बसेर कोनोनेन्कोले अन्तरिक्षमा सबैभन्दा धेरै समय बिताउने व्यक्तिको विश्व रेकर्ड तोडेका हुन् ।
उनी लगातार अढाई वर्षसम्म अन्तरिक्षमा बसेका भने होइनन् । चार पटक गरेर उनले यो समय बिताएका हुन् । योसँगै उनले रुसकै जेनेडी पडाल्काको रेकर्ड तोडेका छन् । जेनेडी जम्माजम्मी ८७८ दिन ११ घन्टा ३० मिनेट अन्तरिक्षमा बसेका थिए ।
कोनोनेन्को फेरि पनि अन्तरिक्षमा जाँदैछन् । उनी सन् २०२४ को जुन ५ मा स्पेश स्टेशनमा जाँदैछन् । यो उनको पाँचौं अन्तरिक्ष यात्रा हुनेछ । उनको यो यात्रा सन् २०२४ को सेप्टेम्बर २३ मा सकिनेछ । यो यात्रा पूरा भएपछि भने कोनोनेन्कोले १ हजार दिन (१११०) अन्तरिक्षमा बिताउने अन्तरिक्षयात्रीको रेकर्ड बनाउने छन् ।
यो जानकारी रुसी अन्तरिक्ष एजेन्सी रसकसमसले टेलिग्राममा पोष्ट गरेको थियो । अन्तरिक्षमा सबैभन्दा धेरै समय बिताउने अन्तरिक्ष यात्रीको सूचीको शीर्ष ८ स्थानभित्र रुसी अन्तरिक्ष यात्री छन् । नवौँ स्थानमा नासाका पेगी व्हिटसन छन् । उनले अन्तरिक्षमा ६७५ दिन बिताएका छन् । अमेरिकी अन्तरिक्ष यात्री फ्र्याङ्क रुबियोले भने लगातार ३७१ दिन इन्टरनेशनल स्पेश स्टेशनमा बिताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिड छाडेर ब्राजिल जाने तयारीमा प्रशिक्षक कार्लो एन्सेलोट्टी
-
आतङ्कवादी हमलाको निसाना बनेको पहलगाम : जहाँ कैयौँ चर्चित फिल्म छायाङ्कन भए
-
सरकारी वकिल र महान्यायाधिवक्ता विभाजन आवश्यक
-
नारायणगढ–बुटवल सडक विस्तार सुस्त, तीव्रता दिन हान गण्डकीको माग
-
क्यान्सरको फलोअपमा गएका राप्रपा महामन्त्री धवल शमशेर राणाको रिपोर्ट ‘अल क्लियर’
-
संसद्मा प्रधानमन्त्रीले आज गर्ने भनेको सम्बोधन स्थगित