चितवनमा एक वर्षमा एघार गैँडा मरे
मङ्गलबार, २३ माघ २०८०, १४ : ११

चितवन। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा ११ वटा गैँडा मृत भेटिएका छन् । मृत भेटिएकामध्ये दुई वटा चोरी सिकारीले मारेका र नौ वटा प्राकृतिक कारणले मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका हुन् ।
उनका अनुसार प्राकृतिक कारणले मर्नेमा दलदलमा फसेर, बिरामी भएर, जुधेर, बाघको आक्रमणमा परेर र बुढो भएर मरेका थिए । सोमबार पश्चिम चितवनको राप्ती नदी किनारमा मृत भेटिएको भाले गैँडा बुढो भएर मरेको र अन्दाजी ३० वर्षको सो गैँडाको खाग, खुर सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
-
कुलेखानी सिम खोलामा बेलिब्रिज हालिने
-
हवाई उडान प्रभावित, तीन वटा जहाज डाइभर्ट
-
भारतीय टोलीले विशेष सुविधा पाएको विभिन्न राष्ट्रका क्रिकेटरको आरोप
-
महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई बाटो खर्चसहित बिदाइ गरियो (तस्बिरहरू)