अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित
मङ्गलबार, २३ माघ २०८०, १४ : ०३

काठमाडौँ । प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिले अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक परिमार्जनसहित सर्वसम्मतिले पारित गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्रिय सभाबाट पारित भएर आएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक परिमार्जनसहित पारित गरेको समिति सभापति रामहरि खतिवडाले राताेपाटीलाई जानकारी दिए ।
२०७६ सालमा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २०७९ सालमा पारित भएर प्रतिनिधि सभामा सन्देश सहित आएको थियो । संघीय सरकारले कार्यान्वयन गर्ने संघीय आयोजना र संघीय सरकारको अनुदानमा सञ्चालित आयोजनाहरूको अनुगमन तथा मूल्याङ्कन सम्बन्धी व्यवस्था विधेयकमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस