पौडी पोखरीमा दुर्घटना : ललितपुरको होटल स्क्वायर अगाडि प्रदर्शन (तस्बिरहरु)
_RDk5K9cRio.jpg)
ललितपुर । ललितपुरको होटल स्क्वायर अगाडि मंगलबार प्रदर्शन भएको छ । स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा गत भदौमा सजिलमान शाक्य करेन्ट लागेर अचेत भएको उक्त घटनालाई लिएर पीडितका आफन्त र बिभिन्न समूहले प्रदर्शन गरेका हुन् ।
पौडी खेल्ने क्रममा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । उनी अहिले अचेत अवस्थामा रहेको छन् ।
यसैबीच होटल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
होटलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले माघ ७ मा प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । अदालतको आदेश अनुसार ललिता अहिले ‘तारेख’मा छिन् । उनीहरू विरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो ।
होटलका संचालहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?