भ्रमण आय ४४.४ प्रतिशतले वृद्धि भई ३९ अर्ब ५६ करोड पुग्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक् वर्षको ६ महिनामा खुद सेवा आय रु.३६ अर्ब ६ करोडले घाटामा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३६ अर्ब २२ करोडले घाटामा रहेको थियो ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी रिपोर्टमा सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४४.४ प्रतिशतले वृद्धि भई रु.३९ अर्ब ५६ करोड पुगेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.२७ अर्ब ४० करोड रहेको थियो ।
यस्तै समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ६०.६ प्रतिशतले वृद्धि भई रु.९२ अर्ब ८७ करोड पुगेको छ ।
यसमध्ये शिक्षातर्पmको व्यय रु.५८ अर्ब ९५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.५७ अर्ब ८२ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.३५ अर्ब ३६ करोड रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने
-
असल अभ्यास आदानप्रदान गर्न स्थानीय निकायबिच समन्वय हुनुपर्छ : महर्जन
-
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश
-
काठमाडौँ उपत्यकाको वायु प्रदूषण कम गर्न साइकलमैत्री कानुनको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
-
पटक-पटक नाकबाट रगत बग्छ ? हेमोफिलिया हुनसक्छ
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर