पूर्वमन्त्री कृपाशुरका छोरा गणेशले जिते अंशमुद्दा
काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री कृपाशुर शेर्पाका छोरा गणेश शेर्पाले अंश मुद्दा जितेका छन् । काठमाडौँ जिल्ला अदातलले गणेशको पक्षमा फैसला सुनाएको छ ।
आफ्ना बाबु, सौतेनी आमा र सौतेनी भाई बहिनीलाई प्रतिवादी बनाई गणेशले मुद्दा दायर गरेका थिए । सो अंशमुद्दामा गत २०७४ फागुन २ गते जिल्ला अदालत काठमाडौँले गणेशको पक्षमा फैसला गरेको छ । अदालतले सौतनी आमा कमला शेर्पाको नाममा रहेको जायजेथाबाट अंश भराइदिन फैसला दिएको छ ।
अदालतले गणेशकी सौतेनी आमा कमलाको नाममा काठमाडौँमा रहेको ११ आना २ दाम जग्गा र घर समेत, इलाममा रहेको ३ आना ३ पैसा जग्गा, भोजपुरमको बोखिममा रहेको १८ रोपनी ८ आना १ पैसा जग्गा, भोजपुरमै रहेको अर्को ३२ रोपनी २ आना २ पैसा १ दाम जग्गा र झापाको गरामनीमा रहेको २ रोपनी १५ आना गरी सम्पूर्ण जग्गाबाट ७ भागको १ भाग अंशवण्डा गर्न आदेश दिएको हो ।
गणेशले बिपक्षीउपर २०७० सालमा र २०७१ सालमा अंश मुद्दा दायर गरेपछि बाबु कृपाशुर शेर्पाले २०७२ साल जेठ १८ गते उनलाई छोरा स्वीकार गरी नागरिकता बनाईदिएका थिए । त्यसपछि उनले मुद्दा फिर्ता लिएका थिए । शुरुमा पूर्वमन्त्री शेर्पाले गणेशलाई छोरासमेत स्वीकार गर्न मानेका थिएनन् । तर, मिडिया रिपोर्टको दबाबपछि पूर्वमन्त्री शेर्पाले गणेशलाई छोराको रुपमा नागरिकता दिएका थिए ।
साथै कृपाशुरले अदालतमा गणेशले अंशबापत नगद बुझिलिएको बयान समेत पेश गरेका थिए । पछि अंश नदिएको र बाबुले धम्की दिएको भन्दै गणेशले २०७३ सालमा फेरी अंशमुद्दा दायर गरेका थिए ।
२०३६ सालमा कृपाशुर शेर्पा र गणेशकी आमा धनमाया भन्ने विष्णुमाया शेर्पा दर्नालबीच विवाह भएको र २०३७ साल मंसिरमा गणेशको जन्म भएको बताउँदै उनले बाबुले आफ्नी आमा र आफूलाई इज्जत अनुसार खानलाउन नदिएको फिरादपत्रमा उल्लेख गरेका छन् ।
गणेश जन्मनु अघि नै कृपाशुरको दुई बिहे भएको र जेठी श्रीमतीतर्फ २ छोरी र कान्छीतर्फ १ छोरा र १ छोरी रहेको आफूलाई बाबुले वास्ता नगर्ने र अंश समेत नदिएको भन्दै मुद्दा दायर गरेका थिए ।
गणेशले २०७१ सालमा अंश मुद्दा दायर गरेपछि बाबु कृपाशुर शेर्पाले नागरिकता बनाई अंशबापत घर समेत खरिद गरिदिने भनेपछि आफूले मुद्दा फिर्ता लिएको भन्दै अदालतमा उनले फिराद पत्र बुझाएका थिए ।
बाबुले आफूलाई ‘त कोही होइनस, अब आइन्दा मलाई सम्पर्क नगर्नु, गरेमा राम्रो हुने छैन’ भन्दै धम्काएको र अंशियारमा अंश लाग्नुपर्ने सम्पूर्ण सम्पति विपक्षीहरुकै भागमा रहेको भन्दै बिपक्षी पिता १ भाग, सौतेनी आमा कमला १, फुर्वा तेन्जिङ शेर्पा १, निमा डोल्मा १, पेमा शेर्पा १, लक्की शेर्पा १ र म फिरादी गणेश शेर्पा १ गरी ७ भागको एक भाग म फिरादीलाई भराई पाँउ भन्ने व्यहोराको फिराद दाबी गरेका थिए ।
कृपाशुरको नाममा सम्पति नरहेको र सौतेनी आमा कमला शेर्पाको नाममा मात्र सम्पति रहेको र त्यो सम्पति आफ्नो स्वआर्जनको सम्पति भएकोले अंश नलाग्ने कमलाको जिकिर थियो । उनले कृपाशुर र गणेशकी आमावीच बिहे भएकोबारे आफूलाई जानकारी नभएको अदालतमा बयान दिएकी थिइन् ।
जिल्ला अदालत काठमाडौंले अंशवण्डाको १० नंं. को कानुनी व्यवस्थाबाट लोग्ने वा बाबुआमाले जुनसुकै व्यहोराबाट प्राप्त गरेको सम्पति छोराछोरी वा श्रीमतीका लागि प्रैतृक सम्पत्ति मान्नु पर्ने हुन्छ भन्ने सिद्धान्तलाई समेत नजिर बनाँउदै प्रस्तुत मुद्दामा बाबुको नाममा कुनै सम्पत्ति देखिन नआएपनि आमाको नाममा सम्पत्ति रहेकोले अंशवण्डाको महलको १० नं. अनुसार आमाको नाममा रहेको सम्पत्तिबाट छोराछोरीले अंश नपाउने भन्न मिलेन भन्ने फैसला गरेको छ ।
अदालतले फैसलामा भनेको छ– ‘वादी प्रतिवादी बीच नातामा विवाद नभई निजहरु बीच अंशवण्डा भएको नदेखिएको, वादीले अंश पाइसकेको भन्ने प्रमाणबाट देखिन नआएबाट तायदाती फाँटवारीमा उल्लेख भएको सम्पत्ति निजी एवम् बकसबाट पाएको बण्डा नलाग्ने भन्ने जिकीर लिएपनि बाबुआमाको सम्पति छोराछोरीका लागि प्रैतृक सम्पत्ति रहेभएको अवस्था देखिदा तायदाती फाँटवारीमा उल्लेखित दर्ता श्रेस्ता भिडेको सम्पत्तिबाट अविवाहित अंशियारहरुको विवाह खर्च छुट्टाई वादीले ७ भागको १ भाग अंश छुट्टयाई चलन चलाई पाउने ठहर्छ ।’ भनी न्यायाधीस नारायणप्रसाद पौडेलले फैसला गरेका छन् ।
यस्तै अदालतले २०७३ साल माघ महिनादेखि अंश नलिएसम्मको समयसम्म माना चामल भराई वापतको मासिक ५ हजार प्रतिवादीबाट बादीलाई भर्रादिनु भन्ने फैसला समेत गरेको छ ।
पूर्वमन्त्री शेर्पाले गाडी र बैङ्क ब्यालेन्सबारे सम्पत्ति खुलाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
वरुणको नक्कली भ्याट बिल प्रकरण : २९ फर्मबाट खरिद गरिएको थियो नक्कली बिजक
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू
-
भैरहवामा अन्तर्राष्ट्रिय उडान ‘तरकारीविनाको भात’जस्तै