५ जना मृतावस्थामा फेला
मङ्गलबार, २३ माघ २०८०, १२ : ०६

काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार-
- सिन्धुलीको कमलामाई नगरपालिका-९ बथानचौडीस्थित सामुदायिक वनभित्र रहेको खोल्सामा सोही नगरपालिका-९ अमाहा बस्ने ७८ वर्षीय जित बहादुर मगर सोमबार मृत अवस्थामा फेला परेका छन् । माघ ६ गतेदेखि हराई बेपत्ता भएका उनको उक्त स्थानमा शव फेला परेको हो ।
- गोरखाको गण्डकी गाउँपालिका-४ खुदीटारस्थित बारीमा सोही ठाउँ बस्ने ५८ वर्षीय भोज राज पाण्डे सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- मकवानपुरको कैलाश गाउँपालिका-७ टुर्डुङग् बस्ने ५० वर्षीय आइतराम चेपाङ सोही नगरपालिका-७ चाइरङडाँडा स्थित भिरतल सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- कैलालीको भजनी नगरपालिका-२ मोहनपुलस्थित शौचालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- रसुवाको आमाछोदिङ्मो गाउँपालिका-३ खर्पुडाँडास्थित चौरी गोठमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते