स्वास्थ्यको लागि कुन चामल सबैभन्दा फाइदाजनक ?
काठमाडौँ । नेपालीहरूको घरमा प्रायः सेतो चामल नै पाक्छ । यो खान स्वादिष्ट छ अनि पकाउन सजिलो । यो चामल सजिलैसँग पच्छ पनि । तर चामल सेतो मात्रै हुन्न । कालो, खैरो र रातो पनि हुन्छ । यी सबैको अलग अलग फाइदा छन् । सेतो चामलमा कार्बोहाइड्रेट्स धेरै हुन्छ । यसमा चोकर हुन्न । कालो, खैरो र रातो चामल भने सेतो चामलको तुलनामा बढी स्वास्थ्यकर मानिन्छ ।
सेतो चामलले हामीलाई ऊर्जा दिन्छ । यसलाई शरीरले सजिलैसँग टुक्राएर पोषक तत्त्व र कार्बोहाइड्रेट्सलाई छिट्टै सोस्न सक्छ । यसमा फाइबर र चिल्लोको मात्रा पनि हुन्छ । खेलाडी वा लामो समयसम्म व्यायाम गर्ने व्यक्ति लगायत तत्कालै ऊर्जा चाहिने व्यक्तिका लागि यो चामल उत्कृष्ट विकल्प हो ।
खैरो चामल
यसमा चाँहि कार्बोहाइड्रेट्स, फाइबर, प्रोटिन र चिल्लो सबै पाइन्छ । यो चामलमा धानको खोस्टा मात्रै हटाइएको हुन्छ । विशेष खालको पाचन समस्या भएका व्यक्तिलाई यो चामल पचाउन निकै कठिन हुन सक्छ । पखाला लागेको व्यक्तिलाई यो चामल पचाउन समस्या हुन सक्छ ।
रातो चामल
सेतो चामल हरेक ठाउँमा पाइन्छ । तर रातो चामल पाइदैंन । यो अलि महँगो पनि हुन्छ । हाम्रा आसपासको पसलहरूमा सेतो चामल नै बढी पाइन्छ रातो चामल हत्तपत्त भेटिन्न । सेतो चामल पनि स्वास्थ्यका लागि पूरै खराब त होइन । तर सीमित मात्रामा भात खानेका लागि रातो चामल निकै फाइदाजनक छ । यो चामल पालिस नगरी खाइन्छ । सेतो चामलको तुलनामा यसमा सेलेनियम, भिटामिन सी र बीटा क्यारोटिन जस्ता अहमे एन्टिअक्सिडेन्टहरु पर्याप्त मात्रामा पाइन्छ ।
कालो चामल
कालो चामललाई बैजनी चामल वा निषेधित चामल पनि भनिन्छ । हिजोआज यो चामलका पनि कयौँ भेराइटी पाउन सकिन्छ । यो चामल गाढा कालो रंगको हुन्छ । तर पकाएपछि अलि अलि बैजनी रंगको हुने भएकोले यसलाई बैजनी चामल पनि भनिन्छ । चामलको यो प्रकार निकै स्वास्थ्यकर मानिन्छ ।
यसमा पाइने एंथोसायनियन आँखाको लागि फाइदाजनक हुन्छ । नियमित रूपमा यसको सेवन गर्दा मोतिबिन्दु र डाइबेटिक रेटिनोप्याथी जस्ता जोखिम कम हुन्छ । यो चामलमा पाइने एन्टिअक्सिडेन्ट गुणले हाम्रो मुटुलाई स्वस्थ बनाइराख्न मद्दत गर्छ । यो चामल मधुमेहका रोगीहरूका लागि पनि उपर्युक्त छ । यसले सुगर कन्ट्रोलमा राख्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी