मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

म्याद गुज्रिएका खाद्य सामग्रीहरु बिक्री गर्ने खाद्य उद्योगमा सिल

मङ्गलबार, २३ माघ २०८०, ११ : ५३
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ ।  विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूखुसी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न रहेको अभियोगमा एक उद्योगमा सिल गरिएको छ ।  
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त अनुसन्धान टोलीले ललितपुर महालक्ष्मी नगरपालिका-८ स्थित मिनाक्षी खाद्य उद्योग सिल गरेको हो  । 

उद्योगमा एक्सपायर डेट मेटिने स्प्रिट, डेट रिलेभलिङ गर्ने मेसिन प्रयोग गरी फार्म सिटी ब्राण्डको कर्नफ्लेक्स, चोकोज, ओट्सलगायतमा गलत एक्सपायरी डेट राखिएको पाइएको प्रहरीले जनाएको छ । 
साथै मिनाक्षि खाद्य उद्योगका संचालकलाई बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागमा आवश्यक कागजात सहित ३ दिनभित्र उपस्थित हुन बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागले निर्देशन गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप