‘सतीदेवी’लाई उत्कृष्ट फिल्म सहित दुई अवार्ड
काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ले सर्वोत्कृष्ट फिल्मको पुरस्कार हात पारेको छ । सोमबार चितवनको सौराहामा सम्पन्न ‘दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’मा फिल्मले पुरस्कारको साथमा नगद ५० हजार समेत जितेको छ ।
महोत्सवमा यसै फिल्मबाट निर्देशक सुवेदीले ‘शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक’ अवार्ड समेत प्राप्त गरेका छन् । निर्देशक सुवेदीले फिल्म ‘सतीदेवी’लाई महोत्सवमा प्राप्त भएको दुवै अवार्डको खुसी सामाजिक सञ्जाल मार्फत शेयर सबैमाझ साटेका छन् । उनले महोत्सवका जुरी, आयोजकलाई धन्यवाद दिँदै ‘सतीदेवी’ फिल्म मात्र नभएर महसुस गर्ने एउटा दस्ताबेज भएको बताएका छन् ।
‘सतीदेवी’ नारी प्रधान फिल्म हो । फिल्मको केन्द्रीय भूमिकामा अभिनेत्री मल्लिका महत छिन् । फिल्ममा महतको अलवा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता सिवाकोटी लगायतको अभिनय छ ।
दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ । फिल्मको गीत पनि सुवेदी आफैले लेखेका हुन् । फिल्ममा दीपक शर्मा र सुवास भुसालको सङ्गीत छ भने रामजी लामिछानेले कोरियोग्राफी छ । फिल्मको प्रदर्शन मिति फाइनल हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित युवामाथि अत्याचार गरेको भन्दै गृहमन्त्री लेखकविरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
फिल्म ‘हन्टर’मा यस्तो छ अरुणको लुक्स
-
‘डिपोर्ट’ गरिएका १०४ भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान
-
एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन, तस्बिरहरू
-
अमेरिकाले विदेश सहायता काट्दा किन खुसी भयो इरान ?
-
‘एक्टरः टेक वन’ हेरेपछि पूर्वमन्त्री झाँक्री : हाम्रो अदालत प्रोएक्टिभ छ