प्रभावशाली स्ट्राइकर जेमी भार्डी भन्छन्, ‘उमेर मेरा लागि अंकभन्दा बढी केही होइन’

काठमाडौँ । इङ्लिस क्लब लेस्टर सिटीका अनुभवी स्ट्राइकर जेमी भार्डीले आफ्नो बढ्दो उमेरले खेलमा कुनै प्रभाव नपार्ने दाबी गरेका छन् । इङ्ल्यान्डको राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य रहिसकेका ३७ वर्षीय भार्डीले आफू अझै लामो समय फुटबल मैदानमा सक्रिय रहने पनि बताएका छन् ।
च्याम्पियनसिप क्लब लेस्टर सिटीले आफ्नो पछिल्लो खेलमा स्टोकसलाई ५–० गोलले हराएको थियो । उक्त खेलमा परिवर्तित खेलाडीका रूपमा मैदानभित्र प्रवेश गरेका भार्डीले दुई गोल गरेका थिए । सोही प्रसङ्गलाई लिएर सञ्चारकर्मीले सोधेको एक प्रश्नको जवाफमा भार्डीले भनेका छन्, ‘उमेर त मेरा लागि अंकमात्र हो । उमेरले मेरो प्रदर्शनमा कुनै असर पार्दैन ।’
सन् २०१८ मै इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट बिदा लिइसकेका यी प्रभावशाली स्ट्राइकरले आफू अझै लामो समय फुटबल मैदानमा खेलाडीको भूमिकामै सक्रिय रहने पनि बताएका छन् । उनले आफ्नो क्षमतामाथि विश्वास गरेकोमा लेस्टरका प्रशिक्षक एन्जो मारेस्काप्रति आभार पनि ब्यक्त गरेका छन् ।
जारी सिजनमा भार्डीले क्लबका लागि १० गोल गरिसकेका छन् । भार्डी मैदानमा प्रवेश गर्दा लेस्टरका समर्थकहरु पनि उत्साही हुन्छन् । उनी मैदानमा रहँदा लेस्टरका समर्थक नारा लगाउँछन्, ‘भार्डी तिमी अझै १० वर्ष मैदानमा सक्रिय हुनुपर्छ ।’
सन् २०१२ मा लेस्टर सिटीमा आबद्ध भएका भार्डी क्लबको थुप्रै सफलताका सक्षी पनि हुन् । प्रिमियर लिगा होस् वा एफए कप भार्डीकै उत्कृष्ट प्रदर्शनमा लेस्टर सिटीले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको इतिहास छ ।
लेस्टरले सन् २०२०/२१ सिजनमा एफए कपको उपाधि चुम्दा पनि उनकै महत्त्वपूर्ण योगदान रहेको थियो । त्यतिबेला एफए कपको फाइनलमा लेस्टर सिटीले चेल्सीलाई १–० गोलले हराउँदै उपाधि चुमेको थियो ।
यसैगरी सन् २०१५/१६ सिजनमा लेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि चुमाउन पनि उनले महत्त्वपूर्ण योगदान गरेका थिए । त्यतिबेला लेस्टर सिटीले आर्सनललाई पछि पार्दै प्रिमियर लिगको उपाधिमाथि कब्जा जमाएको थियो ।
त्यो सिजन उनी लेस्ट सिटीका लागि सर्वाधिक गोलकर्ता पनि बनेका थिए । उनले लेस्टरलाई प्रिमियर लिगको उपाधि दिलाउन २४ गोल गरेका थिए । उनी सातपटक प्रिमियर लिगमा लेस्टर सिटीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए ।
‘उमेरले होइन, मन र शरिरले मलाई आफू बुढो भएको अनुभूति दिनुपर्छ । उमेर त मेरा लागि फगत एउटा अंकभन्दा बढी केही होइन,’ उनी भन्छन् । उनले लेस्टर सिटीका लागि एक सय ८० गोल गरिसकेका छन् । यस विषयमा सोधिएको एक प्रश्नको जवाफमा भार्डीले भनेका छन्, ‘म कहिल्यै पछाडि फर्किएर हेर्दिन, केवल आफ्नो दायित्व पूरा गर्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिमालको ‘आमाको सपना’मा ‘त्यो’ आउनुको तात्पर्य
-
पोपको अन्त्येष्टिमा ट्रम्प र जेलेन्स्कीको तस्बिर सार्वजनिक
-
सशस्त्रलाई हराउँदै भलिबलको उपाधि पुलिसलाई
-
घर–घरमा स्वच्छ खानेपानी पुर्याउनु सरकारको प्रमुख लक्ष्य हो : मन्त्री यादव
-
अख्तियार र सीआईबीको कर्मचारी भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
-
‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादबारे सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’