रेड्मी नोट १३ सिरिज अब नेपालमा
![रेड्मी नोट १३ सिरिज अब नेपालमा](https://npcdn.ratopati.com/media/news/event-1122_SkOxXW6wdT.jpg)
काठमाडौँ । शाओमीले एक भव्य कार्यक्रम आयोजना गर्दै नेपालमा रेड्मी नोट १३ सिरिज सार्वजनिक गरेको छ । सोमबार होटल अलफ्टमा आयोजित एक कार्यक्रममा शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो प्लस फाइभ जी, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको हो ।
यी तीनै मोडेलहरुमा ग्राहकहरूले शक्तिशाली प्रोसेसर र उच्चस्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्ने कम्पनीको भनाई छ । रेड्मी १३ सिरिजमार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।
रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू कलरमा रु.२४,९९९ (६/१२८ जीबी) र रु. २७,९९९ (८/२५६) जीबीमा उपलब्ध हुनेछ । रेड्मी नोट १३ किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ को अफरमा पाउन सकिनेछ ।
रेड्मी नोट १३ प्रो मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा रु. ३४,९९९ (८/२५६ जीबी) र रु. ३९,९९९ (१२/५१२ जीबी) मा उपलब्ध हुनेछ । रेड्मी नोट १३ प्रो किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ अफरमा वा रु.५,६९९ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र रु. ३,४९९ अफरमा पाउन सकिनेछ ।
रेड्मी नोट १३ प्रो प्लस फाइभ जी मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा रु. ४७,९९९ (८/२५६ जीबी) र रु. ५२,९९९ (१२/५१२ जीबी) मा उपलब्ध हुनेछ ।
त्यस्तै रेड्मी नोट १३ प्रो प्लस फाइभ जी किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ अफरमा वा रु.५,६९९ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र रु. ३,४९९ अफरमा पाउन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीको प्रलोभनमा पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ
-
दरबारमार्गको सडकमा नयाँ प्रयोग : यस्तो छ चर्चामा रहेको ग्रेनाइटको कहानी
-
टिपर दुर्घटनामा परी चालकको मृत्यु
-
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना पारित
-
सस्तो हुने भएकाले बेलुनमा भरिएको थियो हाइड्रोजन ग्यास
-
कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएका छन् : मुख्यमन्त्री