बुढाथोकीको निधनप्रति सभामुख घिमिरेद्वारा दुःख व्यक्त
मङ्गलबार, २३ माघ २०८०, ०९ : ०४

काठमाडौँ । सभामुख देवराज घिमिरेले पूर्व मन्त्री तथा संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
सभामुख घिमिरेले भनेका छन् नेपालको लोकतान्त्रिक आन्दोलनका अग्लो राजनीतिज्ञ, नेपाली कांग्रेसका नेता, पूर्व सांसद तथा मेरा मित्र केशवकुमार बुढाथोकीको गए राति विराटनगरमा भएको निधनले मर्माहत बनाएको छ । दुखद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसियामा अन्य देशको तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र छन् : जबरा
-
‘सिरियल किसर’ को ट्यागले हैरान इमरान
-
दरभङ्गामा दुई दिन : याद र अनुभूति
-
प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न सर्कुलर
-
वर्षापछि खुल्यो काठमाडौँ उपत्यकाको मौसम (तस्बिरहरू)
-
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु