बङ्गलादेशको निर्यात ११.४५ प्रतिशतले बढ्यो

ढाका । बङ्गलादेशले जनवरीमा ५.७२ अर्ब अमेरिकी डलर मूल्यका सामानहरू ढुवानी गरेको छ । यो वार्षिक तथ्याङ्कको आधारमा ११.४५ प्रतिशतले बढी हो ।
सन् २०२३/०२४ को आर्थिक वर्षको पहिलो सात महिनामा सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म बङ्गलादेशको कूल निर्यात वार्षिक आधारमा २.५२ प्रतिशतले बढेर ३३.२६ अर्ब डलर पुगेको निर्यात प्रवर्द्धन विभाग (इपिबी) ले जनाएको छ ।
निर्यात वृद्धिको श्रेय केही हदसम्म तयारी कपडा क्षेत्रले देखाएको राम्रो प्रदर्शनलाई दिइएको छ ।
बङ्गलादेशले सन् २०२३ जुलाई–जनवरी सम्मको अवधिमा तयारी कपडाको निर्यातबाट २८.३६ अर्ब डलर कमाएको छ । यो अघिल्लो वर्ष २७.४२ अर्ब डलर मात्र थियो ।
बङ्गलादेशले आर्थिक वर्ष २०२३/०२४ मा आफ्नो निर्यात लक्ष्य ६२ अर्ब डलर राखेको छ ।
यसमा तयारी पोसाक उत्पादनबाट मात्र ५२ अर्ब डलरभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म