बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मेनुकालाई गृहनगर चारआलीमा भव्य स्वागत

सोमबार, २२ माघ २०८०, १९ : ४३
सोमबार, २२ माघ २०८०

काठमाडौँ । इण्डियन आइडलमा अन्तिम १० बाट बाहिरिएकी गायिका मेनुका पौडेललाई आफ्नै देशमा भव्य स्वागत भएको छ । पूर्वको मेचीपुल हुँदै सोमबार नेपाल फर्किएकी उनलाई सर्वसाधारणदेखि विभिन्न संघसंस्थाले भव्य स्वागत गरेका हुन् ।

उनलाई नेपालमा स्वागत गर्दै झाँकी र र्‍यालीसहित गाडीमा चढाएर काँकडभिट्टा नगर परिक्रमा समेत गराइएको छ ।

धुलाबारी, विर्तामोड र अर्जुनधारामा परिक्रमासहित गृहनगर चारआली पुगेकी उनलाई स्थानीय क्षेत्रमा स्वागत तथा सम्मान समेत गरिएको थियो ।

आफूलाई भव्य स्वगत गर्ने स्थानीयलाई मेनुकाले धन्यवाद दिएकी थिइन् । उनले अहिलेसम्मको यात्रामा संघर्ष गर्नुपर्छ भनेर सिकेको बताइन् । 

इण्डियन आइडलको सिजन १४ औँ सिजनमा सहभागी भएदेखिनै चर्चाको शिखरमा रहेकी मेनुका विभिन्न चरण पार गर्दै अन्तिम १० मा पुग्न सफल भएकी थिइन् ।  शोको क्रममा चर्चित फिल्म ‘सलार’को गीत समेत गाउँदै भारतीय गायनमा डेब्यु गरेकी पौडेल आइतबारको एपिशोडबाट बाहिरिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप