बाँसबारी जग्गा प्रकरण
अरुण चौधरीसहित ३ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति
सोमबार, २२ माघ २०८०, १९ : २८

काठमाडौँ । बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जनालाई अदालतले थप २ दिन थुनामा राख्न अनुमति दिएको छ । सोमबार आरोपीहरुका कानून व्यवसायीको बहसपछि जिल्ला अदालत काठमाडौँले उनीहरुलाई थप २ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका संचालक अरुण कुमार चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष संजय ठाकुर थुनामा छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई माघ १८ गते पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौँले दिएको ४ दिनको म्याद सकिएपछि उनलाई पुनः म्याद थप गर्न प्रहरीले अदालतमा उपस्थित गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा अन्तर्गत झापा सबैभन्दा धेरै बीमित भएको जिल्ला
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा आर्सनल विजयी, रियाल मड्रिड ३-० ले स्तब्ध
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?
-
पोखरामा सवा अर्ब लगानीमा बुटिक होटल
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण