एकैदिनमा मार्क जुकरबर्गको सम्पत्ति २८ अर्ब डलरले बढ्यो

वासिङ्टन डिसी । अमेरिकी व्यापारी एवम् सामाजिक सञ्जाल कम्पनी फेसबुकका मालिक मार्क जुकरबर्गको सम्पत्ति एकै दिनमा २८ अर्ब डलरभन्दा बढीले बढेको छ । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्सका अनुसार यो वर्ष अहिलेसम्मको अवधिमा जुकरबर्गको सम्पत्ति ४२ अर्ब ४० करोड डलर थपिएको छ ।
आइतबार एकैदिन उनको सम्पत्ति २८ अर्ब १० करोड डलरले बढेको थियो । यो वृद्धिसँगै जुकरबर्ग माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई उछिनेर विश्वकै चौथो धनी व्यक्ति बनेका छन् । यसवर्ष सम्पत्ति वृद्धिमा जुकरबर्ग सूचकमा समेटिएको सबै अर्बपतिहरु भन्दा अगाडि छन् ।
मेटामा जुकरबर्गको १३ प्रतिशत शेयर छ । मेटाको शेयरमा भएको वृद्धिसँगै यसको मूल्य बढेर १ खर्ब ७० अर्ब डलर पुगेको छ । शुक्रवार मात्रै मेटाको शेयर २० प्रतिशतले बढेर प्रतिकित्ता ४७४ डलर ९९ सेन्टको कीर्तिमानी उचाइमा उक्लिएको थियो ।
कम्पनीले पहिलोपटक लाभांश वितरण गर्ने घोषणा गरेपछि शुक्रवार एकै दिनमा कम्पनीको बजार पुँजीकरण २ खर्ब ४ अर्ब ५० करोड डलर थपिएको थियो । वाल स्ट्रिटमा कुनै पनि कम्पनीको शेयर मूल्यमा भएको यो अहिलेसम्मकै धेरै (एक दिने) वृद्धि थियो ।
सन् २०२३ मा मेटाको शेयर मूल्य १५० प्रतिशतले बढेको थियो । यस वर्ष अहिलेसम्मको अवधिमा यसमा ३४ प्रतिशतको वृद्धि देखिएको छ । सन् २०१२ मा फेसबुकको आइपिओ जारी भएयता यसको मूल्य १ हजार १४९ प्रतिशतले बढेको छ ।
फेसबुकले सन् २०२१ को अक्टोबरमा कम्पनीको नाम फेरेर मेटा राखेको थियो । जुकरबर्गले कम्पनीमा रहेको आफ्नो शेयरबाट ७० करोड बराबरको लाभांश पाउँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
-
शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
-
ईश्वर पोखरेल सहित दुई जना पक्राउ
-
अपराजित दिल्ली पाँच वर्षअघि मुम्बईसँग फाइनलमा भोगेको हारको बदला लिने धुनमा