प्रतिनिधिसभाको क्यालेन्डर बन्यो, वेबसाइटबाट सांसदको हाजिरी सार्वजनिक गर्ने

काठमाडौँ । प्रतिनिधिसभा बैठक सञ्चालन गर्न फागुन १४ गतेसम्मका लागि ‘क्यालेन्डर’ स्वीकृत भएको छ । सोमबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्य तालिका स्वीकृत गरेको हो ।
स्वीकृत कार्य तालिकामा सांसदहरूले विद्युतीय हाजिरी गर्ने र सोको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्य तालिका लागू भएपछि बैठकमा सांसदहरूको उपस्थिति र सहभागिता सहज हुने अपेक्षा लिएको बताएका छन् ।
उनले बैठकमा भने– ‘गएको एक वर्षमा एउटा मात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरू उठेका छन् । आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणाममुखी बनाउन अपिल गर्दछु । हाम्रो उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रूपमा सार्वजनिक गरौँ । माननीयहरूको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो ।’
बैठकमा कानुन मन्त्री धनराज गुरुङले सभामुख र संसद् सचिवालयले धेरै गृहकार्य कार्य तालिका लागू गर्ने अवस्थामा पुगेको बताए । यसले बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्ने उल्लेख गरे ।
माघ महिनामा प्रतिनिधि सभाको २ वटा बैठक र फागुनमा १४ गतेसम्म ५ वटा बैठक बस्ने कार्य तालिका बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान