तीनवटा ग्रामी अवार्ड जित्ने बित्तिकै पक्राउ परे र्यापर किलर माइक
लस एञ्जलस । र्यापर किलर माइकलाई सोमबार पक्राउ गरिएको छ । लस एन्जलसको एरिनामा आयोजित ग्रामी अवार्ड्समा तीनवटा ग्रामी जितेको केही समयपछि उनलाई पक्राउ गरिएको थियो । तर, केही समयपछि उनी रिहा भए । एरिनामा ग्रामी अवार्ड आयोजना भइरहेका बेला ब्याकस्टेजमा हातपात भएको थियो ।
सामाजिक सञ्जालमा एक पोस्टमा लस एन्जलस पुलिसले भनेअनुसार किलर माइकलाई ‘मिसिडिमिना ब्याट्री’ को आरोपमा हिरासतमा लिइएको थियो । पक्राउ पर्नुभन्दा ठीक अघि माइक स्टेजमा ग्रामोफोन ट्रफी हल्लाउँदै थिए । उनको हातमा तीनवटा ग्रामी अवार्डहरू थिए । उनी जितको उत्सव मनाइरहेको थिए ।
सोमबार अमेरिकाको लस एन्जलसमा संगीत जगतको प्रतिष्ठित अवार्ड ‘ग्रामी’ अवार्डको आयोजना गरिएको थियो । यस अवार्डमा कुल ९४ विधामा कलाकारलाई सम्मान गरिएको थियो । टेलर स्विफ्टको एल्बम ‘मिडनाइट्स’ ले एल्बम अफ द इयर अवार्ड पायो । माइली साइरसको गीत ‘फ्लावर’ ले रेकर्ड अफ द इयरको ग्रामी अवार्ड पाएको छ ।
गीत अफ द इयरको अवार्ड बिली इलिशको गीत ‘ह्वाट वाज आई मेड फर’ लाई दिइएको छ । माइली साइरसको गीत ‘फ्लावर’ लाई उत्कृष्ट पप सोलो परफॉर्मन्सको लागि पनि ग्रामी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म