सहकारीले सुशासन कायम गरेर बचतकर्ताको विश्वास जित्नुपर्छ : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीले सुशासन कायम गरेर बचतकर्ताको विश्वास जित्नुपर्ने बताएका छन् । ‘राज्यले तिनखम्वे नीतिलाई अवलम्बन गरेको छ । सहकारी, निजी र सरकारी निकायको सहकार्यबाट आर्थिक क्रियाकलापलाई चलायमान गर्न सकिन्छ । सहकारीका सिद्धान्तलाई पालना गरेर सुशासन कायम गरी बचत कर्ताको विश्वास जित्नु पर्दछ’, उनको भनाइ थियो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आयोजना गरेको सहकारी संस्था समस्या समाधान र सुशासन प्रवर्द्धन विषयक प्रदेश स्तरीय कार्यशालामा बोल्दै मुख्यमन्त्री शर्माले सहकारी मार्फत जनपरिचालन गरेर विकासमा योगदान दिन सकिने बताए ।
यस्तै संघीयता लागु भएका मुलुकको अनुभवलाई हेर्दा नेपालको संघीयता कार्यान्वयन छिटो छरितो र प्रभावकारी भएको शर्माले बताए ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले अहिलेको अवस्थामा सहकारीमा आबद्ध सदस्यको विश्वास जित्नु सहकारीका लागि चुनौती भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
मङ्गलबार कसलाई कति लाभ ? हेरौँ राशिफल
-
स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले