सितापुरमा झोलुङ्गे पुल निर्माण सुरु

दाङ । दाङको बबई गाउँपालिका वडा नं.२ सितापुरमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले ४६ लाख बजेट विनियोजन गरेपछि सोही स्थानमा पुल निर्माण सुरु भएको हो ।
उक्त पुलको आइतबार अर्थमन्त्री मास्कीले शिलान्यास गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले समयमै पुल निर्माण पूरा गर्न निर्देशन दिए । सोही ठाउँमा आवतजावतमा निकै समस्या हुने गरेको भन्दै त्यो समस्या समाधानका लागि आफूले बजेट विनियोजन गरेर काम अघि बढाएको बताए ।
वर्षामा नदी वारपार गर्न नसक्दा विद्यार्थीहरूसमेत पढाइबाट वञ्चित हुनुपर्ने अवस्था थियो । बिरामी पर्दा पनि वारपार गर्न सकिने अवस्था थिएन । पुल निर्माण भएपछि त्यो समस्या हल हुने मन्त्री मास्कीले बताए ।
घुरिनडाँडा–ठुलचौर जोड्ने गरी झोलुङ्गे पुल निर्माण सुरु भएको हो । ठूलाचौरमा करिब २० घर छन् । त्यहाँका मात्रै करिब ३०/३५ जना विद्यार्थीहरू नियमित विद्यालय जाने गरेका छन् । पुल निर्माण भएपछि आफूहरू खुसी भएको स्थानीय लीला विकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी अध्यक्ष प्रचण्डसहितका नेता सिराहामा, यस्तो छ आजको कार्यक्रम
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा र हिमपात
-
ह्वाइटहाउसमा चर्काचर्की गरेर निस्किएपछि जेलेन्स्कीले भने-ट्रम्पसँगको विवाद ‘राम्रो थिएन’
-
आज काठमाडौंका कुन्–कुन् स्थानमा काटिंदैछ बिजुली ?
-
ला लिगा : लस पल्मस र रियाल भालाडोलिडले अंक बाँडे
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल