पोखरेली माझ ‘दयारानी’ प्रिमिएर
काठमाडौँ । अगामी शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दयारानी’ पोखरमा प्रिमिएर भएको छ । आइतबार पोखराको मिडटाउन सिनेमाज्मा भएको प्रिमिएरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा सङ्गीतकार राजनराज शिवाकोटी, ‘दयारानी’ का लेखक तथा निर्देशक माओत्से गुरुङ, अभिनेत्री दिया पुनः लगायतको उपस्थिति थिए ।
कार्यक्रममा पूर्व अर्थमन्त्री किरण गुरुङले फिल्मले माओत्से गुरुङलाई कलाकारितासँगै निर्देशन र लेखनमा समेत अब्बल ठहरिएको धारणा राखे । निःसन्तान हुँदा घरपरिवार र समाजले हेर्ने दृष्टिकोणलाई फिल्मले देखाएको उनको भनाई थियो ।
कार्यक्रममा मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय एकपछि अर्को साहित्य, कला र सिनेमा क्षेत्रका गतिविधिहरू भइरहेको देख्दा खुसी लागेको बताए ।
मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले आफ्नो गाउँपालिकाको याङ्जाकोटमा छायांकन गरिएको ‘दयारानी’ मार्फत यो ठाउँको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिए । उनले मादी गाउँपालिकाका धेरै ठाउँ फिल्म छायांकनका लागि उत्कृष्ट रहेको जानकारी दिए ।
‘दयारानी’ निर्देशक तथा लेखक माओत्से गुरुङले कलाकार भएर अभिनय गुर्नभन्दा बढी निर्देशनमा गाह्रो हुने अनुभव सुनाए । उनले भने,– ‘कलाकार भएर थुप्रै सिनेमामा अभिनय गरिएको छ । अभिनयमा त्यति अप्ठ्यारो लाग्दैन जति निर्देशनमा लाग्छ । निर्देशन गर्दा जिम्मेवारी हुन्छ ।’
बाँसुरी फिल्मस् र माओत्से फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । दयाहाङ राई, दिया पुन, विजय बराल, प्रमिशा गुरुङ, पुष्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको फिल्ममा अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू
-
रित्तो गाग्री लिएर सिंहदरबार जाने हर्क राईको घोषणापछि सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
-
तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
-
खैरो हिरोइनसहित १ जना पक्राउ
-
१४ महिनापछि मैदानमा फर्कँदै तीव्र गतिका बलर मोहम्मद सामी
-
बिक्न छाडे ठेका र मदानी