शंकर महादेवन–जाकिर हुसेनलाई ग्रामी अवार्ड

लस एञ्जलस । यस वर्षको ६६ औँ वार्षिक ग्रामी पुरस्कारमा भारतले ठुलो उपलब्धि हात पारेको छ । भारतीय गायक शंकर महादेवन र प्रख्यात तबला वादक जाकिर हुसैनलाई ग्रामी अवार्ड प्रदान गरिएको छ । महादेवन र हुसेनको ब्यान्ड ‘शक्ति’को एल्बम ‘यो पल’ले बेस्ट ग्लोबल म्युजिक एल्बमको उपाधि जितेको हो ।
यो एल्बममा जम्मा ८ वटा गीत रहेका छन् । ग्रामी अवार्ड संगीतका लागि दिइने विश्वको सबैभन्दा ठुलो पुरस्कार हो । यसको आयोजना लस एन्जलसको क्रिप्टो डट कम एरिनामा गरिन्छ ।
ग्रामी विजेता रिकी केजले एक भिडियो शेयर गर्दै ब्यान्डलाई बधाई दिएका थिए । केजले आफ्नो आधिकारिक एक्स एकाउन्टमा एउटा भिडियो पोस्ट गरेका थिए । ‘शक्तिले ग्रामी जितेको छ । यो एलबमबाट ४ उत्कृष्ट भारतीय संगीतकारहरू शंकर महादेवन, सेल्वागणेश विनायकराम, गणेश राजगोपालन, उस्ताद जाकिर हुसेन । उस्ताद जाकिर हुसेनले ग्रामी अवार्ड जितेका छन् ।’ हुसेनले उत्कृष्ट बाँसुरी वादक राकेश चौरसियाको साथमा दोस्रो ग्रामी पनि जितेका थिए ।
६६औँ ग्रामी अवार्डमा गायक टेलर स्विफ्ट, ओलिभिया रोड्रिगो, माइली साइरस र लाना डेल रेले यस वर्ष कयौँ ग्रामी अवार्ड हात पारे । ग्रामी अवार्ड २०२४ मा भारतीय संगीतकारहरूको दबदबा रह्यो । गायिका माइली साइरसले आफ्नो करियरकै पहिलो ग्रामी जितिन् । यस वर्षको मनोनयनमा एसजेडएको दबदबा थियो । ९ नामाङ्कनका साथ उनी शीर्ष स्थानमा रहिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम