मडिड्र डर्बी : बराबरीमा रोकियो रियल
सोमबार, २२ माघ २०८०, ०६ : ४७

मड्रिड । इन्जुरी समयमा गोल गर्दै एट्लेटिको मड्रिडले ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडलाई बराबरीमा रोक्न सफल भएको छ । आइतबार राति भएको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो ।
९३ औँ मिनेटमा मेम्फिस डिपायको पासमा मार्कोस लोरेन्टेले गोल गर्दै खेल बराबरी गरे । यसअघि पहिलो हाफको २० औँ मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
बराबरीपछि रियल २३ खेलबाट ५८ अङ्कसहित लिगको शीर्ष स्थानमा कायम रहेको छ । एट्लेटिको भने ४८ अङ्कसहित चौथो स्थानमा सीमित छ ।
आइतबार नै भएका अन्य खेलमा रियल बेटिस र गेटाफेले पनि १–१ गोलको बराबरी खेले भने भिल्लारियाल र क्याडिज पनि गोलरहित बराबरीमा रोकिए । सेल्टा भिगोले भने ओसासुनालाई ३–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पतालको शिलान्यास गर्दै ओलीले भने- निर्माणपछि भारतका जनतालाई समेत उपचार सुविधा दिन सकिन्छ
-
पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज
-
जात्रामय भएको छ भक्तपुर, ९ दिने बिस्काको महिमा के छ ?
-
सामान्य प्रशासनसचिव पन्थको ह्वाट्सएप ह्याक
-
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो
-
फाइनलमा कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य