कतारमा नेपालीहरुको नयाँ वर्षको रमझम
काठमाडौं– गैरआवासी नेपाली संघ कतारमा आबद्ध ४५ वटा संघ–संस्थाहरुले भव्यरुपमा नयाँ वर्ष मनाएका छन् । संघको राष्ट्रिय समन्वय परिषद कतारमा आबद्ध ती संस्थाहरुले अप्रिल १३ मा भव्य रुपमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका हुन् ।
कार्यक्रममा कतारका लागि नेपाली राजदूत प्रा.रशेप्रसाद कोइरालाले सबै नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै कतारमा नेपाली हाउसको आवश्यकता भएको र त्यसको तयारीमा दूतावास लागेको जानकारी दिए । उनले आगामी वर्ष नेपाल हाउन निर्माण हुने समेत ठोकुवा गरे ।
कार्यक्रममा विशेष अतिथिहरु दुतावास परिवारबाट शुष्मा कोइराला, नियोग उपप्रमुख मणिरत्न शर्मा, कन्सुलर शिव पोखरेल, प्रथम सचिव उत्तमराज जोशी, प्रथम सचिव गायत्री बहादुर पौडेल र श्रम सहचारी नरेन्द्र ज्ञवाली उपस्थित थिए ।
त्यस्तै कार्यक्रममा एनआरएनए मध्यपूर्व संयोजक आर.के.शर्मा, आईसीसी मानार्थ परिषद सदस्यहरु टि.बि. कार्की, नरेन्द्र भाट, बिल गुरुङ, महेन्द्र चौलागाई, आईसीसी सदस्यहरु बिमल सुवेदी, कुमार कार्की, एनसीसी प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष बिनेश तामाङ र आईसीसी पूर्व सदस्य हंसराज ढकाल विशेष अतिथिको रुपमा सहभागी भएका थिए ।
कार्यक्रममा एनआरएनए आईसीसीको तर्फबाट मध्यपूर्व संयोजक आर.के. शर्मा, नेपाली प्रवासी मंच कतारका कार्यबाहक अध्यक्ष द्रोण बहादुर बस्नेत, नेपाली जनसम्पर्क समितिक महामन्त्री मो। अजिज अलि, जनप्रगतिशील मंच कतारका सह संयोजक राजु डुम्रे, तराई मधेश प्रवासी मंच कतारका अध्यक्ष हुसेन खान, अन्तर्रा्ष्ट्रिय नेपाली समाज कतारका संयोजक देव परियार, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका महासचिव शिव भुजेलले शुभकामान मन्तव्य राखेका थिए भने दलित संस्थाहरुको प्रतिनिधित्व गर्दै दलित एकता संजाल, राष्ट्रिय समन्वय समिति कतारका अध्यक्ष किरण परियारले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी जिल्ला संस्थाहरुको तर्फबाट समेत शुभकामना मन्त्व्य राखिएको थियो ।
कार्यक्रममा कलाकार भरत केसीको यो देश फेरि भन्छ बोलको गीतमा देशभक्ति नृत्यसंगै सुरु भएको सांस्कृतिक प्रस्तुतिका क्रममा नेपाल प्रवासी तामाङ समाज कतारबाट सेलो नृत्य र गायन, नेपाल मगर संघ, शाखा कतारबाट हुर्रा नृत्य, तमु (गुरुङ) समाज कतारबाट सालैजो नृत्य, प्रदेश नं. १ जिल्ला संस्थाहरुको तर्फबाट संखुवासभा समाज कतारले मारुनी नृत्य र धनकुटा प्रवासी सेवा समाज कतारबाट गायन, प्रदेश नं. २ बाट मैथली नृत्य, प्रदेश नं. ३ बाट क्यारी केचर, प्रदेश नं. ४ बाट सामुहिक कौडा नृत्य, प्रदेश नं. ६ र ७ बाट देउडा नृत्य लगायत अन्य विभिन्न संस्थाका कलाकारहरुको जोडदार गायन र नृत्यद्वारा उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रम एनआरएनए एनसीसी कतारका अध्यक्ष नगेन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति गर्न रुलिङको माग
-
व्यावसायिक विमानलाई पाकिस्तानी रक्षामन्त्रीको सुझाव– पाकिस्तानको आकाश प्रयोग नगर्नू
-
भारत–पाकिस्तान युद्ध तत्काल रोक्न माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)
-
एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश गर्न नदिएपछि झडप
-
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छ : मीना यादव
-
‘चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने’