बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

जिम्बाब्वे उपनिर्वाचन : सत्तारूढ दललाई अत्यधिक बहुमत हासिल

आइतबार, २१ माघ २०८०, २१ : ४४
आइतबार, २१ माघ २०८०

हरारे । जिम्बाब्वेमा आइतबारको उपनिर्वाचनको परिणाम सार्वजनिक भएपछि सत्तारूढ जेएएनयु–पिएफले अब संसद्मा दुई तिहाई बहुमत हासिल गरेको छ । निर्वाचन परिणामपछि सत्तारूढ दलले संविधानमा संशोधन गर्न र राष्ट्रपति एमर्सन मनाङ्गाग्वाको नियन्त्रणलाई लम्ब्याउन सक्छ । 

विपक्षीले जालसाँजीका रूपमा आलोचना गरेको अनौठो राजनीतिक चालबाजीपछि शनिबार भएको छ निर्वाचन क्षेत्रको निर्वाचनमा जेएएनयु–पिएफले क्लिन स्विप हासिल गरेको छ । ती निर्वाचन क्षेत्रमा विपक्षी पार्टीका छ जना सांसद बर्खास्त भएका थिए । 

जिम्बाब्वे निर्वाचन आयोगका अध्यक्ष रोडनी किवाले भने, “निर्वाचन राम्रोसँग भयो, जेएएनयु–फिएफले सबै छ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ, म त्यो स्थिति पुष्टि गर्दछु ।”

राजनीतिक सङ्कट सुरु भएपछि संसदीय उपनिर्वाचन भएको यो दोस्रो पटक हो । यसबाट विपक्षी लडखडाएको छ र अब ८१ वर्षीय राष्ट्रपति मनाङ्गाग्वाको नियन्त्रण मजबुत हुन सक्छ । जेएएनयु–फिएफले अब कूल दुई सय ८० मध्ये एक सय ९० सिट र दुई खाली भएकामा राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउन र मनाङ्गाग्वालाई पुन निर्वाचनमा उम्मेदवारी दिन आफ्नो भारी बहुमतको अत्यधिक प्रयोग गर्न सक्ने चेतावनी विश्लेषक र विपक्षी कार्यकर्ताहरूले दिएका छन् । 

विपक्षी सिटिजन्स कोलिसन फर चेन्ज (सिसिसी) का स्वघोषित अन्तरिम महासचिव सेङ्गेजो तसबाङ्गुले पार्टीका छ सांसदलाई फिर्ता बोलाउने आदेश दिएपछि ती सिट खाली भएका हुन् । विपक्षी समर्थकहरूले तसबाङ्गुको उक्त कदममाथि तीव्र रोष प्रकट गर्दै उहाँलाई जेएएनयु–पिएफको कठपुतली भएको आरोप लगाएका छन् । 

नागरिक समाज समूह क्राइसिस इन जिम्बाब्वे कोलिसनका प्रवक्ता ओबर्ट मसारौरेले भने, “सत्तारूढ दलले ऊ एउटा दल र सर्वशक्तिमान राष्ट्रपतिका लागि आफ्नो प्रयासमा कुनै पनि हदसम्म रोकिने छैन भन्ने प्रदर्शन गरेको छ ।”

जेएएनयु–पिएफले लामो समयदेखि तसबाङ्गुसँग कुनै पनि सम्बन्धलाई अस्वीकार गरेको छ र एक दलीय राज्य बनाउने उद्देश्यलाई खारेज गरेको छ । पछिल्लो पटक भएको आमनिर्वाचनमा जेएएनयु–पिएफसँग संसद्मा दुई तिहाई बहुमतभन्दा १० सिट कम थियो । अहिले विवादित उपनिर्वाचनमा उसले उक्त लक्ष्य हासिल गरेको छ ।-  (रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप