संघीय सरकार नछाड्ने जनमतको निर्णय
आइतबार, २१ माघ २०८०, २० : ५९
_ZClym1j2cX.jpg)
काठमाडौँ । जनमत पार्टी संघीय सरकार नछाड्ने निर्णय गरेको छ । आज बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले सो निर्णय गरेको हो ।
मधेस सरकार छाडेको जनमत पार्टी संघीय सरकार पनि छाड्ने चर्चा चलेपनि आज बसेको सचिवालयको बैठकले संघीय मन्त्रालयबाट मन्त्री नफर्काउने निर्णय गरेको छ । संघीय सरकारमा जनमत पार्टीको एक जना मन्त्री अनिता साह रहेका छन् ।
गत वैशाखमा बारा–२ मा भएको उपचुनावको समयमा खानेपानी मन्त्रीबाट अब्दुल खानले राजीनामा दिएका थिए । चुनाव सकिएपछि जनमत पार्टी पुनः सरकारमा गएको थियो तर अब्दुल खानको ठाउँमा अनिता साहलाई पठाइएको थियो । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा काठमाडौँमा आमसभा गर्ने निर्णय पनि बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाले पनि गर्यो पाकिस्तान दूतावास अगाडि प्रदर्शन
-
ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी
-
आधुनिक नेपाल एकीकरण अभियानका बडाकाजी अमरसिंह थापा
-
रातो मच्छिन्द्रनाथ रथारोहणका लागि तयारी तीव्र (तस्बिरहरु)
-
गणतन्त्र बलियो बनाउनु नै आजको आवश्यकता
-
२० करोड बराबरको यार्सागुम्बा निर्यात