दलितसँग बिहे गरेको भन्दै पितृ कार्यमा पुरेत नगएको विषयमा मिलापत्र

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा दलितसँग बिहे गरेको भन्दै पुरेत नआएपछि पितृ कार्य (श्राद्ध) रोकिएको घटनामा मिलापत्र भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेमा आइतबार दुवै पक्षबिच छलफलपछि मिलापत्र गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख भोगेन्द्रपुरुष ढकालले उक्त घटनामा जातीय विभेद नदेखिएको र आन्तरिक विवादमात्र रहेको बताए । शुक्रबार दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । ढकालका अनुसार तर, उक्त दिन पीडित पक्षका कोही पनि उपस्थित नभएपछि आइतबारका लागि छलफलमा आउन दुवै पक्षलाई भनिएको थियो ।
सो घटनामा काम लगाउने र काम गर्ने बिचको सामान्य विवादमात्र देखिएको उनको भनाइ छ । काम गर्न बोलाउने र काम गरिदिने दुवैले आ–आफ्नो अनुकूल गर्ने भएकाले उक्त घटना सोही अवस्थाको रहेको उनले बताए ।
आइतबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा पीडित भनिएका भुम्लु–२, सिमथलीका धर्मध्वज भण्डारी र पुरेत माधवराज न्यौपानेबिच सहमति भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले दुवै पक्षबिच सौहार्द्रपूर्वक छलफल भएर सहमति गरिएको बताए ।
उक्त घटनामा पुरेत न्यौपानेले जातीय विभेद नगरेको र उक्त दिन आफूले नभ्याएर श्राद्ध गर्न नआएको बताएपछि पीडित पक्ष सहमतिमा आएको प्रवक्ता श्रेष्ठले बताए । पुरेत न्यौपानेले रोकिएको श्राद्ध पुनः जुराएर गरिदिने र पीडित भण्डारीले प्रहरी समक्ष दिएको निवेदन फिर्ता गर्ने सहमति बनेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
गत माघ ११ गते भण्डारीका बुबाको श्रद्धामा पुरेत नआएपछि रोकिएको थियो । दलित महिलासँग विवाह गरेकै कारण पुरेतले श्राद्ध गर्न नमानेको र नआएको भण्डारीको परिवारको आरोप थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा