खेलाडीको डाइटमा दुध अनिवार्य गर्न आग्रह
आइतबार, २१ माघ २०८०, १७ : ५१

काठमाडौँ । नेपाल डेरी एसोसिएसनले खेलाडीहरुलाई खानाको डाइटमा अनिवार्य दुध तथा दुग्ध पदार्थ समावेश गराइदिन खेदकुद मन्त्रालयसँग आग्रह गरेको छ । दुधको खपत कम भएको भन्दै एसोसिएसनले मन्त्रालयलाई खेलाडीको डाइटमा दुध अनिवार्य गराउन आग्रह गरेको हो ।
बजारमा दुध तथा दुग्ध पदार्थको माग कम भएको एसोसिएसनले जनाएको छ । उपभोग कम हुनुमा आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापित, आर्थिक मन्दी लगायत कारणले दुधको खपत कम भएको एसोसिएसनले जनाएको छ ।
दुध निरन्तर खरिद गरी पाउडर दुध बनाउनुपर्ने भएकाले हाल डेरी उद्योगमा करिब बटर र धुलो दुध गरी ५ अर्ब रकम बराबरको मौज्दात भएको एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए ।
सो रकमको मौज्दात रहँदा किसानलाई दुधको रकम भुक्तानी दिन नसकेको उनले उल्लेख गरे ।