महिलाको झोलामा १३० वटा विषालु भ्यागुता भेटिएपछि...

बोगोटा । कोलम्बियाका प्रहरीहरुले सोमबार वन्यजन्तु तस्करीको आरोपमा राजधानी बोगोटाको विमानस्थलबाट एक महिलालाई पक्राउ गरेका छन् । महिलाको झोलामा १३० वटा विषालु भ्यागुता भेटिएका थिए ।
ग्रे मार्केट मा यस्तो भ्यागुता को मूल्य एउटैको १ हजार डलर छ । कोलम्बियाका अधिकारीहरूले ती भ्यागुताहरूलाई अत्यन्तै कमजोर अवस्थामा फेला पारेका थिए ।
झोलाको सुरक्षा जाँचका क्रममा भ्यागुता फेला भेटिएका थिए । पानीको अभावले गर्दा भ्यागुताको अवस्था नाजुक भइसकेको थियो । पक्राउ परेकी महिला ब्राजिलकी बासिन्दा हुन् । उनी पानामा हुँदै साओ पाउलो गइरहेकी थिइन् । महिलाका अनुसार यी भ्यागुताहरू उनलाई दक्षिणी कोलम्बियाको एक समुदायले उपहार दिएको हो । यी भ्यागुतालाई हार्लेक्विन फ्रग भनिन्छ । यिनीहरु पोइजन डार्ट फ्रग भनेर पनि चिनिन्छन् ।
यी भ्यागुताको आकार मानिसको औँलाभन्दा सानो हुन्छ । उनीहरुको छालाको ग्रन्थीबाट निकै खतरनाक विष निस्कन्छ । स्थानीयले ती भ्यागुताको छालाको ग्रन्थीमा सुई लगाएर विष निकाल्ने गर्छन् । यो विषले साना जनावरहरू मर्न पनि सक्छन् । यी भ्यागुताहरू इक्वेडर र कोलम्बिया बिचको जंगलमा पाइन्छ । यो लोपोन्मुख जीवनमा पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरु केही दिन मर्यादित भएर प्रदर्शनमा लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी
-
मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
-
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै