आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

दोस्रो पालीमा २५५ रनमा समेटियो भारत, इङ्ल्यान्डले पायो ३९९ रनको लक्ष्य

आइतबार, २१ माघ २०८०, १६ : २१
आइतबार, २१ माघ २०८०

काठमाडौँ । इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको तेस्रो दिन आइतबार घरेलु टोली भारत आफ्नो दोस्रो पालीमा दुई सय ५५ रन बनाउँदै अलआउट भएको छ । अब भ्रमणकारी टोली इङ्ल्यान्डले भारतलाई हराउन दोस्रो पालीमा तीन सय ९९ रन बनाउनु पर्नेछ ।

दोस्रो पालीमा भारतका लागि युवा ब्याट्सम्यान शुभमन गिलले शतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका गिलले एक सय चार रन बनाए । उनले एक सय ४७ बलको सामना गरी दुई छक्का र ११ वटा चौका पनि हिर्काए ।

अक्सर पटेलले पनि टोलीको खातामा ४५ रन थपे । छैटौँ नम्बरका ब्याट्सम्यान पटेलले ८४ बलमा ६ चौका पनि प्रहार गरे । रविचन्द्रन आश्विनले २९ रन बनाए । श्रेयस ऐयर पनि २९ रनमै पेभेलियन फर्किएका थिए ।

ओपनर यशस्वी जैसवाल १७ र कप्तान रोहित शर्मा १३ रनमा आउट भए । दोस्रो पालीमा भारतका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । इङ्ल्यान्डका बलर टम हर्टलीले चार विकेट लिए । रेहन अहमदले पनि तीन विकेट हात पारे । जेम्स एन्डर्सनले दुई र सोएब बसिरले एक विकेट लिए ।

दोस्रो टेस्टमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले आफ्नो पहिलो पालीमा तीन सय ९६ रन बनाएको थियो । पहिलो पालीमा भारतका लागि यशस्वी जैसवालले दुई सय नौ रन बनाएका थिए । इङ्ल्यान्ड भने पहिलो पालीमा दुई सय ५३ रन बनाउँदै अलआउट भएको थियो । शृंखलाको पहिलो टेस्टमा इङ्ल्यान्डले भारतलाई हराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप