माघमै फुल्यो लालीगुराँस
_kbkJaUjgnf.jpg)
मकवानपुर । मकवानपुरको पहाडी भेगमा ढकमक्क लालीगुराँस फुलेका छन् । मकवानपुरको पहाडी क्षेत्रमा पर्ने पर्यटकीय नगरी थाहा नगरपालिकाको दामन, कैलाश, भीमफेदी, इन्द्रसरोबर गाउँपालिका क्षेत्रमा ढकमक्क लाली गुराँस फुलेका हुन् ।
विगतका वर्षमा फागुनमा फुल्ने राष्ट्रिय फूल लालिगुँरास यस वर्ष माघमै फुलेको हो । विगतका वर्षहरूमा फागुनको अन्तिम सातादेखि फुल्न सुरु गर्ने र चैतसम्म रहने गरेको थियो । यस वर्ष भने पुसबाटै लाली गुराँस फुलेको र माघमा अस्ताउन थालेको हो ।
(फोटो: गणेश विष्ट)
लाली गुराँस फुलेसँगै दामन–सिमभञ्ज्याङ घुम्न आउने पर्यटकहरूका लागि थप आकर्षणको केन्द्र बनेको छ । हेटौँडाबाट काठमाडौँको यात्राका क्रममा त्रिभुवन राजपथ र हेटौँडा कुलेखानी फाखेल तथा हेटौँडा कुलेखानी चन्द्रागिरि सडकको यात्रा गर्नेहरूलाई ढकमक्क फुलेको लाली गुराँसले स्वागत गरिरहेको छ । समुद्री सतहदेखि १ हजार ४०० मिटर उचाइदेखि १ हजार ५५० मिटर उचाइका जंगलमा लालीगुराँस फुल्न थालेको अनुमान गरिएको छ ।
जलवायु परिवर्तनका कारण फागुन चैतमा फुल्ने लालीगुराँस करिब १ महिना अगावै फुलेको हो । चैतमा हुने तापक्रम फागुनमा, फागुनमा हुने तापक्रम माघमा हुन थालेपछि फागुन चैतमा फुल्ने लालीगुराँस माघ फागुनमा फुल्न थालेको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले प्रतिक्रिया दिए । समय अगावै लाली गुराँस फुल्नुको मुख्य कारण जलवायु परिवर्तन रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
-
अमेरिकी डलरसहित रियाल, दिराम र रिङ्गेट भाउ कति पुग्यो ? हेरौं विदेशी मुद्राको दररेट
-
इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प