धनगढीमा ग्रासरुट क्रिकेटका लागि दुई प्रशिक्षक नियुक्त
काठमाडौँ । कैलालीको धनगढीमा सञ्चालन भइरहेको ग्रासरुट क्रिकेट विकास कार्यक्रमका लागि दुईजना प्रशिक्षक नियुक्त भएका छन् । माघ ६ गते धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा क्रिकेट ग्रासरुट विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय लिएको थियो ।
सोही निर्णय कार्यान्वयनका लागि लेभल वान प्रशिक्षक देबनारायण झा र ज्ञानेन्द्र क्षेत्रीलाई प्रशिक्षकमा नियुक्त गरिएको हो । गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले आइतबार दुबै प्रशिक्षकलाई नियुक्तिपत्र हस्तान्तरण गरे । गो ड्रिमर्सले उपमहानगरपालिकाका दुई नमूना स्कुलमा हाल ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गरिहेको छ ।
त्यसमध्ये धनगढी–१२ स्थित श्री सिद्धनाथ मावि जुगेडामा ज्ञानेन्द्रले र धनगढी–१८ स्थित श्री चन्द्रोदय मावि फुलबारीमा देवनारायणले प्रशिक्षण गराउने छन् । गो ड्रिमर्सका अध्यक्ष शाहीले अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुरु भएको यो कार्यक्रमका लागि योग्य प्रशिक्षक अनुबन्ध गर्न पाउँदा खुशी लागेको बताए ।
२०५९ सालदेखि नै क्रिकेट खेल्न थालेका देवनारायणले सुदूरपश्चिममा सम्पन्न छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितासम्म आफ्नो खेलाडी जीवन अघि बढाएका थिए । त्यसपछि उनले प्रशिक्षकको भूमिका निर्वाह गर्न थालेका हुन् । उनले आईसीसी लेभल १ प्रशिक्षण कोर्ष गरेका छन् ।
यसैगरी स्कुलस्तरबाटै क्रिकेट खेल्न सुरु गरेका ज्ञानेन्द्रले यू–१९ देखि राष्ट्रिय प्रतियोगिताहरु पनि खेलिसकेका छन् । खेलाडी जीवनपछि उनले २०७२ सालमा प्रशिक्षकको भूमिका सुरु गरेका थिए । उनले पनि आईसीसी लेभल १ प्रशिक्षण कोर्ष गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसाधारण भन्छन्– धरहराको शुल्क बढी भयो
-
मिनी संसद्को दुःख : एकातिर विधेयकको थुप्रो, अर्कातिर कोरम नपुगेर बैठक बस्नै समस्या
-
विपद् व्यवस्थापन बारे बागमती सरकार र प्राधिकरण बिच छलफल
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु