देशभरको मौसममा बदली, सोमबारदेखि सुधार हुँदै जाने
आइतबार, २१ माघ २०८०, १५ : ३०
_fOcNr9bEk0.jpg)
काठमाडौँ । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको छ ।
सो मौसम प्रणालीका कारण आइतबार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसोसम्मको तथ्याङ्कअनुसार कोशी प्रदेशको तराईमा मात्र मौसम सफा रहेको छ भने साधारणतया बाँकी स्थानको मौसम बदली रहेको छ ।
विगत २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । सोमबार साँझदेखि क्रमशः मौसममा सुधार हुँदै जाने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित