डिपफेकको चपेटामा अक्षयकुमार पनि
![डिपफेकको चपेटामा अक्षयकुमार पनि](https://rpcdn.ratopati.com/archived-media/Akshay-kumar.jpg)
नयाँ दिल्ली । बलिउड सेलिब्रेटीहरुको डिपफेक भिडियो रोकिने नामै छैन । रश्मिका मंदना, कट्रिना कैफ र नोरा फतेहीसमेत कयौं अभिनेत्रीहरु डिपफेकको चपेटामा आएका थिए । यो सूचीमा अब अक्षयकुमारको पनि नाम आएको छ । यो भिडियोमा अभिनेता कुनै अनलाइन गेमिङ प्लेटफर्मको विज्ञापन गरिरहेका देखिएका छन् ।
अक्षयसँग सम्बद्ध स्रोतकाअनुसार उनले यस्तो खालको कुनै पनि विज्ञापन गरेका छैनन् । यो भिडियो कसले बनायो, कहाँबाट आयो भनेर खोजबिन भइरहेको छ । यो भिडियो पोस्ट गर्ने फेक सामाजिक सञ्जाल एकाउन्ट र कम्पनीविरुद्ध साइबर उजुरी गरिएको छ । एआईले बनाएको यस भिडियोमा अक्षयले आफूले पनि एक महिनादेखि हरेक गेम हरेक दिन खेलिरहेको बताइरहेको देखिन्छ ।
‘तिमीहरूलाई पनि गेम खेल्न मन पर्छ ? तपाईंहरूलाई मेरो एउटा सल्लाह छ कि यो एप डाउनलोड गर्नुहोस् अनि एभिएटर गेम खेल्नुस् । यो विश्वभरि लोकप्रिय गेम हो, हरेकले यो गेम खेल्छन् । हामी क्यासिनो विरुद्ध खेल्नु पर्दैन, खेलाडीहरू विरुद्ध खेल्ने हो । म आफैँ पनि पछिल्लो एक महिनादेखि हरेक दिन हरेक खेल खेलिरहेको छु ।’
भिडियो सार्वजनिक भएपछि दुःखी अक्षय
यो भिडियो सार्वजनिक भएपछि अभिनेता निकै दुखी भएका छन् । उनी निकट स्रोतकाअनुसार अक्षयले टिमलाई यस मामिलामा निगरानी राखेर कानुनी कारबाही गर्न भनेका छन् । यतिबेला अक्षय ‘बडे मियाँ छोटे मियाँ’ रिलिजको तयारीमा छन् । यसबाहेक उनको हातमा ‘स्काई फोर्स’, ‘सिंघम अगेन’, ‘वेलकम टु द जङ्गल’ र ‘हेरा फेरी ३’ जस्ता फिल्म पनि छन् ।
१५ दिनअघि नोराको फतेहीको पनि यस्तै भिडियो भाइरल भएको थियो । नोरा एउटा ब्रान्डको प्रोशन गरिरहेको देखिन्थिन् । तर यो भिडियो डिपफेकबाट बनाइएको थियो । नोराले यो तस्बिर र भिडियो आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गर्दै भिडियोमा बोलिरहेको मान्छे आफू नभएको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमजीवी पत्रकार संघद्वारा आन्दोलन घोषणा
-
मधेसवादी दललाई अध्यादेशको पक्षमा ल्याउने प्रयास भइरहेको छ : महासचिव पोखरेल
-
अठारौँ त्रिमूर्ति दिवसमा तीन जना पुरस्कृत
-
१० बजे १० समाचार : अस्ट्रेलिया जान हनीट्रयापदेखि सिंहदरबारमा आगलागीसम्म
-
थारू सीप र संस्कृतिको प्रवर्द्धन गरौँ : सभापति देउवा
-
२७ वर्षपछि दिल्लीमा भाजपाको कमब्याक, यी हुन् जितका कारण