सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

कतार र इरान एसियन कपको सेमिफाइनलमा

आइतबार, २१ माघ २०८०, ०९ : ३८
आइतबार, २१ माघ २०८०

काठमाडौँ । साविक विजेता तथा एएफसी एसियन कप फुटबलको आयोजक कतार प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई ३–२ ले हराउँदै कतार अन्तिम चारमा पुगेको हो । 

खेलको पहिला हाफको २७ औँ मिनेटमा कतारका लागि युसुपोभले गोल गरेका थिए । उज्वेकिस्तानका हाम्रोबेकोभले ५९ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । थप गरिएको समयमा समेत बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा धकेलिएको थियो । कतारले अब फाइनल पुग्न इरानसँग खेल्नेछ । 

त्यस्तै, शनिबार नै इरानले जापानलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।  खेलको २८ औँ मिनेटमा जापानका मोरिताले गोल गरेका थिए । दोस्रो हाफको ५५ औँ इरानका मोहेबीले बराबरी गोल फर्काए । अतिरिक्त समयमा इरानका जहानबक्सले थप एक गोल गर्दै टिमलाई जित दिलाए । 

यसअघि दक्षिण कोरिया र जोर्डन सेमिफाइनल पुगिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप