आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आयोजक आइभोरी कोस्ट र दक्षिण अफ्रिका सेमिफाइनलमा

आइतबार, २१ माघ २०८०, ०९ : ३८
आइतबार, २१ माघ २०८०

काठमाडौँ । आयोजक आइभोरी कोस्टले मालीलाई हराउँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयको अन्त्यमा गोल गर्दै टोलीले मालीलाई २–१ गोल अन्तरले हराएको हो ।

ओडिलोन कोसोनोले दुईवटा पहेँलो कार्ड खाँदै मैदान छाड्न परेपछि आइभोरी कोस्ट १० खेलाडीमा सीमित बनेको थियो । दोस्रो हाफमा नेने डोरगेलेसले गोल गरेपछि टोली खेलमा पछि पर्‍यो ।

तर ९० औँ मिनेटमा सिमोन अडिंग्राले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि अतिरिक्त समयको अन्तिम समयमा ओमार डियाकिटेले गोल गर्दै टोलीलाई जीत दिलाए । त्यसपछि जर्सी खोल्दै गोलको खुसीयाली मनाएकोमा उनले पनि खेलको दोस्रो पहेँलो कार्ड पाए । अब उनले बुधबार हुने कङ्गोविरुद्धको सेमिफाइनल खेल गुमाउने छन् ।

उता, कप्तान रोनवेन विलियम्सले चारवटा पेनाल्टी रोकेपछि दक्षिण अफ्रिका केप भर्डेलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेल गोलरहित बराबरीमा सकिएपछि टोली पेनाल्टी सुटआउटमा २–१ गोलले विजयी भएको हो ।

विलियम्सले बेबे, विली सेमेडो, लारोस डुआर्टे र प्याट्रिक आन्ड्राडेको पेनाल्टी रोकेका थिए । अब दक्षिण अफ्रिकाले सेमिफाइनलमा नाइजेरियाको सामना गर्नेछ । टोलीसँग सन् २००० को बदला लिने अवसर मिल्नेछ । त्यतिबेला नाइजेरिया २–० गोलले विजयी बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप