गरुडामा निःशुल्क स्वास्थ शिविर
शनिबार, २० माघ २०८०, २२ : २९
![गरुडामा निःशुल्क स्वास्थ शिविर](https://npcdn.ratopati.com/media/news/health-camp_VTWRacd9ub.jpg)
रौतहट । रौतहटको गरुडा नगरपालिकामा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरमा करिब दुईहजार बिरामीको जाँच तथा औषधी वितरण गरिएको संस्थाका अध्यक्ष उमेशप्रसाद चौधरीले बताए ।
श्री शुशीला देवी कलाकार मेमोरियल ट्रस्टको छैठौं पुण्य तिथिको अवसरमा स्थानीय गरुडा नगरपालिका ६ पौठियाहीमा आयोजित शिविरमा वीरगञ्जका विभिन्न अस्पताल र रौतहटका अनुभवी डाक्टरहरुले स्वास्थजाँच गरेका थिए।
नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा भौतिक पूर्वाधारमन्त्री कृष्णप्रसाद यादवद्वारा उदघाटन गरिएको स्वास्थ्य शिविरमा पार्टी जिल्ला सभापति सुनील यादव (जितेन्द्र) ,डाक्टर शिव कुमार झा लगायतको सहभागिता रहेको कांग्रेस प्रदेश प्रचार बिभाग प्रमुख नितेश गुप्ताले बताए ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले निःशुल्क स्वास्थ्य शिविरबाट आम नागरिकलाई राहत पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यास लुकाएर अभाव देखाए विभागले जफत गर्ने
-
आइफाको रजत जयन्तीमा निर्देशक राकेश रोशनलाई विशेष सम्मान गरिने
-
भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नु हो : उपमहासचिव ज्ञवाली
-
प्रभु साहको प्रश्न : शान्तिपूर्ण विरोध सभा गर्ने ठाउँ कहाँ छ ?
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेशबारे छलफल
-
जनमुक्ति सेना नेपालका तत्कालीन कमान्डर थापाको निधन