महाधिवेशनको मिति एक वर्ष थप्ने नेसपा केन्द्रीय समिति बैठकको निर्णय

काठमाडौँ । नेपाल समाजवादी पार्टीले महाधिवेशनको मिति एक वर्ष थप्ने निर्णय गरेको छ । शनिवार बसेको नेसपा केन्द्रीय समितिको बैठक सो निर्णय गरेको हो ।
बैठकले रिक्त रहेको २१ केन्द्रीय सदस्यहरूलाई अद्यावधि गरी निर्वाचन आयोगलाई बुझाउने र महाधिवेशनको तयारीमा लाग्ने निर्णय समेत गरेको छ । साथै पार्टी एकताको प्रक्रियालाई सँगसँगै अगाडि बढाउने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका निम्ति संविधान संशोधन, वित्तीय क्षेत्रका समस्या, भ्रष्टाचार नियन्त्रण, नेसपा केन्द्रीय सदस्य जीतमान पुन मार्सलको रिहाइ, टीआरसी लगायत शान्ति प्रक्रियाको छिटो पूर्णता, प्रदेश–१ को पहिचानका आधारमा नामाङ्कन आदि समसामयिक ८ बुँदे प्रस्ताव पारित गरेको सो पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले जानकारी दिएका छन् ।
केन्द्रीय समितिका निर्णय अनुमोदनका लागि आइतबार १२ बजे केन्द्रीय कार्यकारिणी समिति बैठक बस्ने पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकमा माओवादीसँग एकता गर्ने कि नगर्ने विवाद तत्कालका लागि हल भएको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक