अमेरिकी आक्रमणपछि इराकले दियो चेतावनी, भन्यो– नराम्रो परिणाम भोग्नुपर्नेछ
शनिबार, २० माघ २०८०, १८ : २३

बगदाद । इराकले आफ्नो देशमा अमेरिकी आक्रमणपछि यस क्षेत्रमा गम्भीर परिणाम हुनसक्ने बताएको छ । अमेरिकाले गत आइतबार आफ्नो एउटा सैन्य आधार शिविरमा ड्रोन आक्रमण गरेपछि इराक र सिरियाविरुद्ध कारबाही गरेको हो ।
अमेरिकी सेनाले यस हमलामा इराक र सिरियामा ८५ वटा लक्ष्यलाई निशाना बनाएको छ । अमेरिकाले आफ्नो सैन्य शिविरमा भएको आक्रमणको लागि इरान समर्थित चरमपन्थीहरुको छाता संगठनलाई दोष दिएको छ । सो आक्रमणमा तीन अमेरिकी सैनिक मारिएका थिए ।
यता अमेरिकाको जवाफी हमलामा कम्तीमा १६ इराकी नागरिकको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । अमेरिकाले आफ्नो सेनाले इराक र सिरियामा रहेको इरान समर्थित मिलिसिया संगठनको स्थानमा आक्रमण गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु