शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कविता

अदालती बिहे

शनिबार, २० माघ २०८०, १८ : ०२
शनिबार, २० माघ २०८०

आजसम्म पिरको भारी बोकेका मेरा बाबालाई 
म अब यो ऋणको भारी कसरी बोकाउँ ?
होइन भने
त्यतिका धेरै पाहुना मैले आफ्नो आँगनमा कसरी अटाउँ ?
सायद मैले यो चाहनु तिम्रा लागि स्वार्थ हो 
तर मेरा लागि जिम्मेवारी
ती चम्किरहेका सितारा तिम्रा लागि खुसी हो 
मेरा लागि शोकको खरिदारी ।

यदि यो असामान्य सोच तिमी अँगाल्छौँ भने
मेरा यस्तै साना रहर तिमी सम्हाल्छौ भने
बनाइदेऊ कानुनलाई साक्षी
र भेटौँ अदालतमा
जहाँ हुँदैनन् नचाहिने गफहरू
या भनौँ
छुट्नेछन् नचाहिने वचनहरू
तर हामी गरौँला हरेक वाचा पूरा
कसैलाई नराखी
या भनौँ,
मात्र भगवानलाई राखी ।

म किनुँला आमाको जस्तै सारी
तिमी पनि सजिनु खुबै
र, मिलाउनु दारी
नल्याउनु सुन 
म भरिनेछैन सुनमा
नल्याउनु पन्चैबाजा
नाचौँला मायाकै धुनमा
अनि हुनेछैन कुनै दान
तिमी मात्र मलाई लैजानु सौगातमा ।

थाहा छ
यो विवाहमा कुनै वाह हुनेछैन
रंगीन संसार अनि झुटो शृङ्गार हुनेछैन
हुनेछ त केवल
केवल एक साधा दिन
हाम्रो समय अरुका लागि खास हुनेछैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सबिना लुइटेल
सबिना लुइटेल
लेखकबाट थप