सबैभन्दा धेरै बजेट क्रिकेटमा खर्च गरिनेछ : अर्थमन्त्री
_BvH2l17W5R.jpg)
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट विजेताहरूलाई पुरस्कार प्रदान गर्दै मन्त्री महतले अरू क्षेत्रको बजेट कम गरेर भए पनि आगामी आर्थिक वर्षमा खेल क्षेत्रमा उल्लेख्य बजेट थप्ने बताएका हुन् ।
उनले सबैभन्दा धेरै बजेट क्रिकेटमा खर्च गरिने बताए । उनले क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरू बनाइरहेको बताए ।
उनले भने, ‘क्रिकेटलाई थप प्रोत्साहन गर्न हामी राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरू पनि निर्माण गर्ने निर्णय नेपाल सरकारले गरेको छ । क्रिकेट खेलमा सहभागी खेलाडीहरूलाई पनि हामी अन्तर्राष्ट्रिय स्तरमा सहभागी खेलाडीहरू विभिन्न टुर्नामेण्टमा सफल खेलाडी र टिमलाई पनि हामी पुरस्कृत गर्दै आएका छौँ । आउने दिनमा पनि गर्दै जानेछौँ । नेपाल सरकारले आउने दिनमा खेलमा थप बजेट विनियोजन गर्छ । समग्रमा क्रिकेटलाई अन्तर्राष्ट्रिय रूपमा नेपाललाई पहिचान गराउने महत्त्वपूर्ण विधा भएकाले त्यसमा पनि हामी खर्च बढाउँछौँ । सरकार मन्दीबाट बिस्तारै उत्रिन खौज्दैछ । श्रोत र साधनको सीमितता छ । माग धेरै छ, आवश्यकता धेरै छन् । अरू क्षेत्रको बजेट कम गरेर भए पनि हामी खेलकुद क्षेत्रमा आउँदो आर्थिक वर्षको बजेटमा उल्लेख्य बजेट थप्छौँ । त्यसमा सबैभन्दा ज्यादा बजेट क्रिकेटमा प्रोत्साहन गर्न र अघि बढाउन खर्च गर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीहरूको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन
-
पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु
-
सुरु भयो एनएसएल : सुरुवाती खेलमा नै रोमाञ्चक बराबरी (तस्बिरहरू)
-
पाकिस्तानमा तालिबानविरुद्धको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु
-
कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु
-
गीत सुनेर के पाउँछस् ?